ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पुटिन कमजोर हुनु थप खतरा’


एबीसी न्यूज
१४ असार २०८०, बिहिबार   ७ : ३४   बजे

ब्रसेल्स  असार १४ । युरोपेली सङ्घ (ईयू)का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौँयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

“पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा ईयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने, “अहिलेसम्म हामी रूसलाई खतराको रूपमा हेरिरहेका थियौँ । किनभने, यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ । अब हामीले आन्तरिक अस्थिरताका कारण रूसलाई जोखिमका रूपमा हेर्नुपर्छ ।”

सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।

यसैबीच, ईयू प्रमुख उर्सुला भोन डेर लेयेनल भनिन्, “विद्रोहले ‘परकम्पन’ निम्त्याउने बताउँदै ’युक्रेनको सैन्य क्षमता होस् वा आर्थिक सहयोग, हामीले युक्रेनको लागि समर्थन दोब्बर पार्नु महत्वपूर्ण छ।”

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार ईयूका नेताहरूसँग मध्याह्न भोजन गर्ने क्रममा वाग्नरको कार्यले रूसको ‘राजनीतिक सङ्कट र विभाजन’ उजागर भएको बताए । तर उनले कुनै पनि अन्तिम निष्कर्षमा पुग्न हतार हुने चेतावनी दिएका छन् ।

स्टोलटेनबर्गले आगामी महिना भिल्नियसमा हुने नेटोको बैठकमा युक्रेनलाई सैन्य सहयोग गर्ने नयाँ घोषणा हुने अपेक्षा गरेको बताए ।

लिथुवानियाका राष्ट्रपति गीतानास वाउसेदाले रूसी खतराको सामना गर्न ‘निर्णायक’ कदम चाल्न आह्वान गर्दै बोरेलको भावनालाई प्रतिध्वनित गरेका थिए ।

वाउसेदाले भने, “रुसको राजनीतिक प्रणालीमा हुने कुनै पनि गतिविधिले हाम्रो सुरक्षामा असर पार्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ । तर शक्तिशाली पुटिन कमजोर पुटिनभन्दा कम खतरनाक थिए भन्ने भनाइप्रति मेरो सहमति छैन ।” रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

सम्बन्धित

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu