ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश: मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने, माओवादी र नेकाको दावी यथावत


एबीसी न्यूज
१७ असार २०८०, आइतबार   ५ : १२   बजे

 

 

काठमाडौँ १७ असार । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न थालेको छ ।

कोशी प्रदेशमा कांग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल बढिरहँदा सत्ताको साँचो बोकेर बसेको राप्रपाले मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सार्न थालेको हो ।

 

कोशी प्रदेशमा अहिलेको गठबन्धनमा एमाले र राप्रपाका गरी ४६ सदस्य रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको भने ६ सिट छ ।

एमाले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनमा जटिलता देखिएको छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा ९एकीकृत समाजवादी०का ४ गरी ४६ सांसद छन् । जसपाको भने एक सांसद छन् । सभामुखले भने सरकार गठनको क्रममा मतदान गर्न पाउँदैनन् ।

एमालेलाई साथ दिँदै आएको राप्रपालाई कांग्रेस र माओवादीले आफ्नो पक्षमा पार्न सकेमा मात्रै उनीहरूको सरकार सहज रुपमा बन्ने अवस्था छ ।

पुस १० गते संघमा बनेको गठबन्धन अनुसार पुस २३ मा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा कोशीको सरकार गठन भएको थियो ।

राष्ट्रपनि निर्वाचनसँगै गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकारबाट गत महिना माओवादी केन्द्र बाहिरिएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि बिहीबार प्रस्ताव राखेका थिए । प्रस्तावको पक्षमा एमाले र राप्रपाको ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याउन नसक्दा कार्की नेतृत्वको सरकार ढल्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत तीव्र उद्धार, धुन्चे र विदुरमा अस्थायी उपचार केन्द्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत तीव्र उद्धार, धुन्चे र विदुरमा अस्थायी उपचार केन्द्र

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

भोटेकोशी बाढी प्रभावितको उद्धार पुनः सुरु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

US Sanctions British Activist Group Palestine Action and Allied Organizations

Roger Waters Warns AI Threatens Humanity as Elites Benefit From Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu