ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षासँगै आएको बाढीले भारतको हिमाचल प्रभावित,कम्तीमा ५ जनाको निधन


ABC NEWS
२५ असार २०८०, सोमबार   ७ : २२   बजे

नयाँदिल्ली एजेन्सी २५ असार । पछिल्लो दुई दिनयतादेखि परिरहेको भारी वर्षाका कारण भारतका उत्तर–पश्चिम क्षेत्रमा आएको बाढीले त्यहाँको जनजीवन प्रभावित बनेको छ । आइतबार साँझसम्म कम्तीमा ५ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मुसलधारे वर्षाका कारण व्यास नदीमा आएको बाढीका कारण हिमाचलको कुल्लु क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग ३ को एक भाग बगाइदिएको छ । सिमलास्थित मौसम विभाग कार्यालयले यसअघि नै शनिबारदेखि दुई दिन अत्यधिक वर्षा हुने भन्दै हिमाचल प्रदेशका ७ जिल्लामा बाढी आउने चेतावनीसहित ‘रेड अलर्ट’ जारी गरेको थियो ।

अविरल वर्षाका कारण हिमाचलका चम्बा, काँगडा, कुल्लु, मन्डी, ऊना, हमिरपुर र बिलासपुर जिल्ला बढी प्रभावित छन् । यहाँको मौसम विभागले यस क्षेत्रमा २ सय ४ मिलिमिटरभन्दा बढी वर्षाको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । पश्चिमी वायु सक्रिय भएका कारण हिमाचलमा बिहीबारसम्म वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ ।

मन्डी जिल्लाका नदीनालामा आएको बाढीका कारण चण्डीगढ मनाली नेसनल हाइवेलाई कटान गरेको छ । त्यसैगरी पन्डोह बजारमा बाढी पस्दा घरमै फसेका ६ जनालाई स्थानीय प्रहरीसहित रेस्क्यु टिमले उद्धार गरेको छ । व्यास नदीसहित सहायक नदीहरूमा आएको बाढीका कारण यहाँको पन्डोह ड्यामका सबै ढोकाहरू खोलिएको छ भने स्थानीयलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।

वर्षाका कारण सोलन जिल्लाको कसौलीमा पहिरो जाँदा केही भवनहरू क्षतिग्रस्त भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार यस घटनामा मानवीय क्षति भने भएको छैन । तर पहाडी क्षेत्रमा बाढीसँगै आएको पहिरोका कारण भारतको मध्यपर्वतीय क्षेत्रमा खानेपानी, बिजुली तथा सञ्चार क्षेत्रमा व्यापक असर गरेको बताइएको छ ।

व्यास नदीमा आएको बाढीका कारण यस क्षेत्रका ९१ सडक खण्डमा यातायात आवागमन बन्द गरिनुका साथै कम्तीमा ७३ जल आपूर्ति योजना र ६९ ट्रान्सफर्मरमा असर पारेको राज्य आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ ।

दुई दिनयताको वर्षासँगै आएको बाढीपहिरोका कारण हिमाचल क्षेत्रमा कम्तीमा ३ सय ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आँकडा गरिएको छ । स्थानीयहरूले यस पटक सन् १९९४ पछिको ठूलो बाढी आएको बताएका छन् । चार वर्षअघि पनि यस क्षेत्रमा वर्षासँगै बाढी आए पनि यति ठूलो जनधनको क्षति भने पुर्‍याएको थिएन ।

एकै परिवारका ३ को मृत्यु

सिमला– मुसलधारे वर्षाका कारण भारतको हिमाचल प्रदेशस्थित सिमलामा आइतबार बिहान एक घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सिमलाको कोटगढ गाउँमा भएको उक्त घटनामा परी घाइते भएका दुई जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको सरकारी अधिकारीले बताएका छन् । उत्तर प्रदेशको मैनपुरीमा पनि गत शनिबार चट्याङमा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu