ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा भारी वर्षा : ३४ जनाको मृत्यु, ७३६ सडक अवरुद्ध,


एबीसी न्यूज
२५ असार २०८०, सोमबार   ९ : ३३   बजे

भारतमा भारी वर्षापछि गएको बाढी र बादलका कारण दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको छ।

उत्तर र पश्चिम भारत वर्षाले प्रभावित भएको हो। हिमाचल प्रदेशलगायत पहाडी राज्यमा सबैभन्दा क्षति भएको छ। अविरल वर्षाका कारण गएको २४ घण्टामा पहिरो, चट्याङ, बाढीले घर भत्किएर ३४ जनाको मृत्यु भएको छ।

हिमाचलमा मात्रै ११ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसबाहेक उत्तर प्रदेशमा ८, उत्तराखण्डमा ६, दिल्लीमा ३, जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा २–२ जनाको मृत्यु भएको छ।

हिमाचलको मण्डीमा ब्यास खोलाको बाढीले ४० वर्ष पुरानो पुल बगाएको छ। दिल्लीमा ४१ वर्षपछि जुलाईमा एकै दिन १५३ मिलिमिटर पानी परेको छ। वर्षाका कारण उत्तरी रेलवेले १७ वटा ट्रेन रद्द गरेको छ। १२ वटा ट्रेनको रुट परिवर्तन गर्नु परेको थियो।

पहाडी राज्यहरूमा पहिरोले सडकहरू भग्नावशेषमा परिणत भएका छन् भने राजधानी दिल्लीलगायत समतल राज्यका सडकहरू पानीमा डुबेका छन्। जसकारण सवारी अवागमन नराम्ररी प्रभावित भएको छ। दिल्लीमा यमुनाको पानी खतराको स्तर नजिक पुगेको छ।

हिमाचलमा गत जुन २४ मा मौसम भित्रिएकोमा त्यसयता जनधनको क्षति भइरहेको छ। शनिबार राति मण्डी र कुल्लुमा पानीको सतह बढेर तीनवटा पुल, एउटा एटीएम र चार पसलहरू बगेका थिए। मौसम पूर्वानुमान महाशाखाले आगामी ४८ घण्टामा भारी वर्षाको सम्भावना रहेकोले रातो र सुन्तलाको अलर्ट जारी गरेको छ। अम्बालाबाट उना-अम्ब-दौलतपुर चोकसम्म आउने वन्दे भारतलगायत अन्य रेलहरूको अवागमन पञ्जाबका धेरै क्षेत्रमा ट्र्याकमा पानी जमेको कारण रोकिएको छ।

श्रीखण्ड महादेवको यात्रा दुई दिनका लागि स्थगित भएको छ। राजस्थानको हनुमानगढमा ६ इन्च पानी परेको छ। अर्कोतर्फ झुन्झुनु र सिकरमा बाढीको अवस्था छ।बादल पड्किएर ब्यास नदीमा आएको बाढीले कुल्लु–मनालीमा धेरै सवारीसाधन बगाएको छ। मनाली–लेह, चण्डीगढ–मनालीलगायत पाँच राष्ट्रिय राजमार्ग, ७३६ सडक पहिरोका कारण बन्द भएका छन्। सम्पदा कालका–शिमला ट्र्याकमा भग्नावशेष खसेपछि रेल अवागमन रोकिएको छ।

दिल्लीमा यमुना नदीको पानी खतराको निशान नजिक पुगेको छ। राति ९ बजे पुरानो रेलवे पुलमा पानी २०३ दशमलव ६२ मिटर उचाइमा थियो जुन रातो चिन्हभन्दा १ दशमलव ७१ मिटर तल थियो। यमुनानगरको हथिनीकुण्ड ब्यारेजबाट लगातार पानी छोडेपछि दिल्ली सरकारले बाढीको चेतावनी जारी गरेको छ। हालसम्म एक लाख क्युसेकभन्दा बढी पानी छोडिएको छ। दिल्लीमा आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ। यो ४१ वर्षअघि सन् १९८२ जुलाई २५ मा भएको १६९।९ मिलिमिटर वर्षापछिको उच्च हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group