ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पष्टीकरण दिन रोष्टममा उभिएका प्रचण्डले प्रतिपक्षी दलकै यसरी स्पष्टीकरण मागे


ABC NEWS
२५ असार २०८०, सोमबार   ९ : ३६   बजे

काठमाडौं २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने क्रममा विपक्षी दलहरुलाई गम्भीर प्रश्न गरेका छन् ।

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री आफ्नो कमजोरी स्वीकार गर्न तयार भएपछि एमाले संसदको अवरोध हटाउन तयार भएको दावी गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता नै बैठकमा अनुपस्थित भए । उता प्रधानमन्त्रीले विपक्षीहरुलाई धेरै प्रश्नको कलात्मक वर्षा गरे ।

सोमबारको बैठक सुरु हुनासाथ एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए भने रास्वपाका रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउने भन्दा बढी यो मुद्दामा आफ्नो दल एमालेभन्दा फरक स्थानमा रहेको स्पष्टीकरण दिए ।

अघिल्लो बैठकमा आफूहरुलाई बोल्न नदिएको र ‘प्रमुख प्रतिपक्षले जे बोल्यो, त्यसलाई सवै विपक्षीको भाष्य हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भएकोमा भन्दै सभामुखको भूमिका प्रति आपत्ति जनाए ।

प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको औपचारिकता देखाएक उनलेभ्रष्टाचारविरुद्ध राम्रो काम थालेको भन्दै ‘सरकारको प्रशंशा गरेका थिए ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

विपक्षी दलका नेताहरुले बोलेपछि स्पष्टीकरण दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्तिमा आफ्नो कमजोरी स्वीकार गरे । प्रितम सिंहसँगको सम्बन्ध दिवंगत छोरी ज्ञानुको उपचारको बेलासँग जोडिएको भन्दै उनले भने, थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए पनि हुन्थ्यो । मनमा आयो, मैले भने ।’ त्यो दिन प्रधानमन्त्रीका रुपमा नभई ज्ञानुको बुबा भएर बोल्न पुगेको प्रचण्डले स्पष्टीकरण दिए ।

प्रतिपक्षी दलहरु एउटै ठाउँमा छैनौं भन्ने रविको भनाईलाई प्रचण्डले ‘प्रतिपक्ष पनि एउटै छैनौं भन्ने आज औपचारिक अर्थमा प्रस्तुत भयो । यसका लागि धन्यवाद भन्न चाहन्छु ।’ भन्दै प्रतिपक्षी दलहरुकै बीचको मतभेदलाई उचाले ।
प्रतिपक्षका साथीहरुले धन्यवाद भन्नुभयो । म पनि काउन्टर धन्यवाद भन्न चाहन्छु भन्दै भ्रष्टाचार विरोधी अभियान नरोक्ने दृढता व्यक्त गरे ।

राजीनामा माग गर्ने एमाले र राप्रपातिर प्रश्न गर्दै आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरुले नै कसले बनायो प्रधानमन्त्री भन्ने प्रश्न गरेको भन्दै उनले अगाडि भने, मलाई प्रश्न गर्दा प्रश्न उठाउने दल वा माननीय पनि प्रश्नको घेरामा हुनुहुन्छ कि हुनुहुन्न’ भन्दै प्रचण्डले प्रतिप्रश्न गरे ।
प्रचण्डल त्यतिमै रोकिएनन् । विगत संविधानसभा र ससंसदको कार्यकालमा देशको सर्वभौमसत्ता र स्वाधिनताको पक्षमा ससवैभन्दा अग्रमोर्चामा आफू उभ्एिको स्मरण गराउंदै प्रतिपक्षीदललाई झन बढी रक्षात्मक बनाइदिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group