ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पन्ध्र साना सिँचाइ योजना निर्माण


एबीसी न्यूज
२७ असार २०८०, बुधबार   १ : ५७   बजे
काठमाडौं, २७ असार । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् । एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् ।
“साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई रु २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन् ।” साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई रु एक लाख ९९ हजार आठ सयका दरले अनुदान उपलब्ध गराएको छ । मुहानको संरक्षण, इन्टेक, ट्याङ्की, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइको व्यवस्था मिलाइएको छ ।
गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा–९ तोरीपानीका तुलसीराज गिरीले बताउनुभयो । मुहानको थोरै स्रोतको पानी पोखरीमा सङ्कलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिँचाइ गर्न सहयोग मिलेको छ । कार्यक्रममार्फत धेरैजसो कृषकले पाइप खरिद गरेका छन् । दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशअन्तर्गत छ स्थानीय तह भएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ ।
खेतीका लागि प्रयोग भएको १९ हजार चार सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७ दशमलव ९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ । झन्डै ७२ दशमलव छ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ ।
यसैगरी कृषि ज्ञान केन्द्रले चालु आव २०७९÷८० मा विनियोजन भएकोमध्ये ६४ दशमलव तीन प्रतिशत बजेट खर्च गरेको छ । रु पाँच करोड ४६ लाख ७६ बजेट विनियोजन भएकामा रु तीन करोड ५० लाख दश हजार खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group