ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेसपाको संगठन विस्तार अभियान सुरु


एबीसी न्यूज
१ श्रावण २०८०, सोमबार   ७ : ४८   बजे

काठमाडौ साउन १। नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ ।अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सन्चालन हुनेछ ।पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नपा १ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका बृक्षरोपण गरेर अभियानको सुरुआत गर्नेछन् ।

त्यस्तै कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिए ।मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सन्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए ।
बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित विभिन्न प्रजातिका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष बन्दना सुवेदीले जानकारी दिइन् ।

त्यसैगरि सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टीकापुर, भजनी र कैलालीमा व्यापकरुपमा वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले जानकारी दिए ।प्रदेशका कन्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत बृक्षरोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिए ।प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजार भन्दा बढी वृक्षारोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ ।
अभियान सात वटा प्रदेशका सबै जिल्ला तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत सन्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group