ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुधबारदेखि कम पानी पर्ने पूर्वानुमान


एबीसी न्यूज
२ श्रावण २०८०, मंगलबार   ९ : ०२   बजे

काठमाडौं, २ साउन । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर सर्दा बुधबारदेखि कम वर्षा हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासै छ ।

पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यसले तराई–मधेसतिर कम पानी पर्ने सम्भावनालाई इङ्गित गर्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ। पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ। भोलिदेखि कम पानी पर्ने अनुमान गर्न सकिन्छ,’ उनले सेतोपाटीसँग भनिन्।

मौसमविद् विनोद पोखरेलले तिब्बतबाट नेपालतिर बादल सरेकाले मध्य पहाडमा बढी वर्षा भएको र तराईका कम वर्षा भएको उल्लेख गरेका छन्।

उनले ट्विटमार्फत् केही दिन तराईमा हल्का वर्षा हुने पनि प्रक्षेपण गरेका छन्। अहिले देशैभर बदलीको अवस्था रहेको महर्जनले बताइन्। उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा अहिले हल्का वर्षा भइरहेको छ।

आज डोटी, डडेलधुरा, अछाम, दोलखा, सिन्धुपाल्चोक, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने नदीको जल सतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत् भनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group