ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वीन्टल सुनकाण्डले तात्यो राष्ट्रिय सभा, एयरपोर्टको डिटेक्टर किन कराएन ?


एबीसी न्यूज
४ श्रावण २०८०, बिहिबार   ३ : ४१   बजे

 

काठमाडौं ४ साउन । एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउन गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताउँछन् नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी ।

 

बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताए ।

‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ नेता रायमाझी थप्छन्, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?’

भन्सारका कर्मचारीहरुको भूमिमा यस्तो कार्यमा शंकास्पद रहेको उनको आरोप छ । ‘त्यहाँको पुलिस के गरिरहेको थियो ? आमीलाई लाज हुन्छ कि हुँदैन ?’ उनी थप्छन्, ‘भन्सारको मिलेमत्तोबिना हुन्छ ? पुलिसको मिलेमत्तोबिना सम्भव हुन्छ यो चीज ?’ मुलुकलाई अपराधको क्रिडाथलो बन्नबाट सरकारले जोगाउनुपर्ने र त्यसका लागि संलग्नमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएकोबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

‘हाम्रो देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ’ उनी भन्छन्, ‘पावरमा भएकाहरु जोडिदा समेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’

सुन भित्र्याउँदा मोटर साइकल र स्कुटरको ‘ब्रेक शू’भनेर भन्सार छलि भएको र एक, डेढ महिनामा यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको उल्लेख गर्दै उनले भने, ‘अब निष्पक्ष छानबन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

जनता समाजवादी पार्टी का सांसद मोहम्मद खालिदले एक अर्बको सुन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र आउँछ भने बाहिर पनि जान सक्ने भन्दै प्रश्न उठाए ।

त्रिभुवन विमानस्थलमा जुन सरकार आएपनि करारमा आफ्ना मान्छे राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले अवैध सुन आयातमा राजनीतिक संलग्नता रहेको हुन सक्ने आशंका गरे ।

त्रिभुवन विमानस्थलमा आवश्यक भन्दा बढी कर्मचारी समेत रहेको उनले बताए । प्रयाप्त कर्मचारी हुँदा समेत अवैध सुन आयात हुनुले नेपालको शान्ति सुरक्षामा प्रश्न उठाएको बताए ।

तथापि, अवैध सुन बरामद हुनुले सबैतिर मिलाए पनि कतै न कतैबाट अपराध बाहिर आउँछ भन्ने समेत पुष्टि भएको उनले बताए ।

‘बाहिर (त्रिभुवन मिानस्थल बाहिर) आएर पनि केही राष्ट्रसेवकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो । यसको अर्थ(धेरै आखाँ बन्द छन् तर, केही कम्तिमा आखाँ खुला छन्’ जसपाका सांसद खालिदले विशेष समय लिएर भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group