ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन काण्डमा पक्राउ परेका भारतीय थाप्तेनको लाजिम्पाटस्थित फ्ल्याटमा छापा


एबीसी न्यूज
४ श्रावण २०८०, बिहिबार   ९ : ५२   बजे

 

काठमाडौं ४ असार । राजश्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा बिहीबार बेलुकी लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ ।

यो फ्ल्याटमा तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएका थिए । विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो ।

 

विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ लैजान लागिएको थियो । त्यसमा उनको संलग्नता रहेको हुनसक्ने आशंका छ ।

बिहीबार राति उनको फ्ल्याटमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको विभाग स्रोतले अनलाइनखबरसँग बताएको छ । यसअघि बालुवाटारस्थित एक घरमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा पनि विभागले छापा मारेको थियो । त्यसक्रममा ५र६ वटा पोका फेला परेको छ । ती सामग्री र कोठालाई विभागले शिल गरेर थप अनुसन्धान गरिरहेको छ ।

मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप तीन जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu