ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले दिएको खतरनाक क्लस्टर बम युक्रेनले रुसविरुद्ध प्रयोग गरेको खुलासा


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १० : ०९   बजे

काठमाडौं । युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् ।

क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै देशले त्यसलाई प्रतिबन्ध लगाएका छन् । तर रुसविरुद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोग गर्ने क्रममा अमेरिकाले क्लस्टर बम सहयोग गरेको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युक्रेनले क्लस्टर बमको उचित उपयोग गरिरहेको दाबी गरेका छन् । ‘उनीहरुले त्यसलाई प्रभावी ढंगले उपयोग गरिरहेका छन् । त्यसले रुसविरुद्धको युद्धमा प्रभाव पारिराखेको छ,’ उनले भनेका छन् ।

रुसविरुद्धको लडाइँमा युक्रेनसँग गोलाबारुद्ध समाप्त हुन थालेको भन्दै युक्रेनले अमेरिकासँग क्लस्टर बम दिन आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे निर्णय लिन ‘धेरै गाह्रो’ भएको बताएका थिए । तर सहयोगी देशहरु बेलायत, क्यानडा, न्युजिल्याण्ड र स्पेनको विरोधका बाबजुद अमेरिकाले क्लस्टर बम युक्रेनलाई दिएको थियो । युक्रेनले उक्त बम रुसी सैनिकलाई पछि हटाउनका लागि मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

के हो क्लस्टर बम ?

क्लस्टर बम सयौं साना–साना बमहरुको संग्रह हो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी०का अनुसार क्लस्टर बमलाई विमान, तोपखाना वा मिसाइलबाट प्रहार गरिन्छ । यसलाई आकाश र जमिन दुवै ठाउँबाट प्रहार गर्न सकिन्छ ।

यो बम प्रहार गर्दा ठूलो इलाकालाई क्षति पुर्याउँछ । यसको प्रयोग खासगरी दुश्मनको एकत्रित फौजलाई क्षति पुर्याउने उद्देश्यले गरिन्छ ।

बम जमिनमा खस्नासाथ विष्फोट हुने ढंगले बनाइएको हुन्छ । कतिपय बम तुरुन्तै विष्फोट नहुन पनि सक्छन् । तर ती बारुदी धरापको रुपमा लामो समयसम्म खतरापूर्ण अवस्थामा रहिरन्छन् । क्लस्टर बम प्रहार भएको वर्षौंसम्म पनि यसको असरले मानिसको मृत्यु हुने वा अपाङ्ग हुने जोखिम रहन्छ ।

सन् २००८ मा डबलिन कन्भेशन अन क्लस्टर म्युनिशन नामको एक अन्तर्राष्ट्रिय सन्धि अनुसार क्लस्टर बम राख्न, बेच्न या प्रयोग गर्न रोक लगाइएको थियो । यद्यपि कतिपयले यो सन्धिको विरोध पनि गरे । भारत, रुस, अमेरिका, चीन, पाकिस्तान र इजरायलले यो सन्धिको विरोध गर्दै यो सन्धिमा संलग्न भएनन् । सन् २०१८ सम्ममा यो सन्धिमा विश्वका १०८ देशले हस्ताक्षर गरिसकेका छन् ।

क्लस्टर बमको उत्पादन र प्रयोग प्रतिबन्धित भए पनि अमेरिका, इराक, उत्तर कोरिया, इजरायल लगायत देशले यी बम प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

मानवअधिकारकर्मीका अनुसार मानव वस्ती भएको क्षेत्रमा यो बम प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group