ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १२ : ४९   बजे

काठमाडौ साउन ५ । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो ।प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

उनले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए ।  छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेको अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिलसमेत गरिएको हो । उनले भने, “स्वास्थ्यसम्बन्धी कुनै अनुमति नभएका अवस्थी बिरामीलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ ।
क्लिनिक सञ्चालक अवस्थीले विसं २०७१ देखि हिमालय अवस्थीको नामको ‘पान’ नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए ।

स्वास्थ्यसम्बन्धी कुनै अनुमतिपत्र नलिएका व्यक्तिले दर्ता नै नभएको मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताए । उनले भने, “खेमराजले अनुमतिबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक–पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा पनि अटेरी गरेपछि छड्के अनुगमन गरेका हौँ ।’

हाम्रो टोली पुग्दा बिरामीलाई स्लाइन चढाएको र जाँचिरहेको भेट्टायौँ । अब कानुनअनुसार कारबाही हुन्छ ।” अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख यागेशप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu