ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   ३ : ४३   बजे

काठमाडौँ ७ साउन । आर्थिक वर्ष २०८०र८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०।४४ प्रतिशतको उपलब्धि हो ।

सरकारले चालु आर्थिक वर्षका लागि राजस्व, गैर–राजस्व, अनुदान गरी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबरको स्रोत सङ्कलनको लक्ष्य राखेको छ ।

सो मध्ये पहिलो हप्ता राजस्वतर्फ ३ अर्ब ९१ करोड ९ लाख रुपैयाँ उठेको छ भने भन्सार राजस्वतर्फ ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा गैरराजस्वतर्फ ३६ करोड २१ लाख रुपैयाँ उठेको छ भने विविध शीर्षकमा २ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वैदेशिक सहायता ९ग्रान्ट० तर्फ भने सरकारलाई हालसम्म कुनै सहयोग आएको छैन ।

गत आर्थिक वर्षमा लक्षित राजस्व उठ्न नसक्दा झन्डै ४ खर्ब रुपैयाँले बजेट घाटामा गएको थियो । १४ खर्ब बढी राजस्वको लक्ष्य राखेकोमा जम्मा १० खर्ब हाराहारी मात्र राजस्व सङ्कलन हुन सकेको थियो ।

स्रोतको संकुचनलाई नै मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को बजेट घटाएको छ । आर्थिक वर्षका सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu