ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गर्ने समातिए


एबीसी न्यूज
८ श्रावण २०८०, सोमबार   १ : ०१   बजे

काठमाडौं । सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४, कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।परियारलाई गएको शनिबार ललितपुरकै लुभबाट पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्ने रिसाल भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक हुन् । उनलाई हिजो काठमाडौंकै कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएका थिए । त्यसरी उनले नगद र सुनको गहना (औँठी) समेत लिई चार लाख ३० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ । त्यसरी ठगी गरी लिएको सुन रिसालले खरिद गरेका थिए । ठगी गरिएको सुन किनेर उनले गालेका थिए । गालेर ढिक्का बनाइराखेको सुन ११।६८० ग्रामसहित उनलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group