ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले भियतनामलाई दियो युद्धपोत : आईएनएस कृपाणको विशेषता के छ ?


एबीसी न्यूज
९ श्रावण २०८०, मंगलबार   १० : २८   बजे

काठमाडौं, ९ साउन। भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो ।

भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत हस्तान्तरणको प्रक्रिया पूरा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भारतका नेभी प्रमुख एडमिरल आर हरि कुमारले भारतको इतिहासमै पहिलोपटक लडाकु जहाज कुनै मित्र देशलाई दिइएको यो क्षण ऐतिहासिक भएको बताए ।

उनले भारतीय नौसेनाको सबैभन्दा राम्रो र सबैभन्दा लामो समयसम्म सेवा दिएको युद्धपोतमध्येको एक कृपाण भियतनाम पिपुल्स नेभीलाई हस्तान्तरण समारोहमा सहभागी हुन पाउनु आफ्नो लागि पनि निकै सम्मानको विषय भएको बताए ।

आईएनएस कृपाणको विशेषता के छ ?

आईएनएस कृपाण भारतमै बनेको युद्धपोत हो । यसबाट मिसाइल प्रहार गर्न सकिन्छ । यसलाई सन् १९९१ मा भारतको सामुद्रिक सेना (नौसेना) मा सामेल गरिएको थियो । यो भारतीय नौसेनाको इस्टर्न फ्लिटको एक महत्वपूर्ण हिस्साको रुपमा रह्यो ।

३२ वर्षको सेवा पछि यसलाई हटाइयो र भियतनाम सेनालाई हतियारसहित हस्तान्तरण गरियो ।

यो युद्धयोतमा १२ अधिकारीहरुसहित १०० सैनिकले काम गर्दै आएका थिए । ९० मिटर लामो र १०.४५ मिटर चौडाइको यो युद्धपोत सबै हातहतियारसहित १ हजार ४५० टन वजनको छ ।

चीनसँग जोड्नु कति उचित ?

चीन र भियतनामबीच समुद्री सिमानाको विवाद कायम छ । चीन र भारतबीच पनि सीमा समस्या लगायतका कारण राम्रो सम्बन्ध छैन । अर्कोतर्फ भारतले भियतनामलाई पटक-पटक रक्षा सहयोग उपलब्ध गराउँदै आएको छ ।

भारत र भियतनाम दुवैको आ-आफ्ना छिमेकी देशसँग जटिल समीकरण छ । भियतनामसँग कुनै देशको सैन्य साझेदारीलाई चीनले दक्षिण चीन सागरमा आफ्नो सम्प्रभूताको दाबीविरुद्धको कदम ठान्दछ । यस्तो पृष्ठभूमिमा आईएनएस कृपाण युद्धपोत भारतले भियतनामलाई दिनुलाई कतिपयले चीनविरुद्ध भारतको रणनीतिक कदम भन्ने गरेका छन् ।

विदेश मामिलाका जानकार रबिन्दर सचदेवाका अनुसार भारतले भियतनामलाई युद्धपोत दिनु दुई देशबीचको सम्बन्धमा ठूलो कदम हो । किनभने चीनसँग दुवै देशको सम्बन्ध राम्रो छैन । दक्षिण चीन सागरमा दुवै देशको स्वार्थ जोडिएको छ । त्यसैले यसलाई चीनसँग जोडेर हेर्दा गलत हुँदैन ।

यद्यपि भारतले धेरै पटक भन्दै आएको छ कि भारत-भियतनाम रक्षा सहयोगको चीन नीतिसँग कुनै लेनादेना छैन ।

भियतनाम आसियान (दक्षिणपूर्व एशियाली देशहरुको संगठन)को एक महत्वपूर्ण सदस्य हो र दक्षिण चीन सागर क्षेत्रमा चीनसँग यसको विवाद छ । भारतले दक्षिण चीन सागरको भियतनामी जल क्षेत्रमा तेल खोज्ने परियोजना चलाइरहेको छ ।

भारत र भियतनाम पछिल्लो केही वर्षयता साझा हित रक्षाका लागि समुद्री सुरक्षा सहयोग बढाइरहेका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जुलाई २००७ मा भियतनामका तत्कालीन प्रधानमन्त्री गुयेन ट्यान डंगले भारत भ्रमणको क्रममा दुवै देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको स्तरसम्म बढेको थियो ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भियतनाम भ्रमणको क्रममा द्वीपक्षीय सम्बन्ध व्यापक रणनीतिक साझेदारीसम्म बढेको थियो । त्यसपछि भियतनाम भारतको एक्ट इस्ट नीति र इन्डो प्यासिफिक भिजनको एक महत्वपूर्ण साझेदार बन्यो । र, केबल भारत मात्र नभई अन्य देश पनि भियतनामसँग सम्बन्ध सुमधुर बनाउन कोसिसमा छन् ।

विदेश मामिलाका जानकार रविन्दर सचदेव भन्छन्– यहाँसम्म कि विगतमा भियतनामसँग सम्बन्ध बिग्रिएको अमेरिका पनि अब नजिकिने कोसिसमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group