ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक


एबीसी न्यूज
११ श्रावण २०८०, बिहिबार   ३ : ३५   बजे

काठमाडौं, ११ साउन । राष्ट्रिय तथ्याड्क कार्यालयले विसं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ ।

जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा यो पुस्तक प्रकाशन गरिएको हो । विसं १९६८ देखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रकिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरु र नतिजा लगायतका विभिन्न विषय समेटेर यो विशेष पुस्तक प्रकाशन गरिएको कार्यालयका निर्देशक एवं सूचना अधिकारी मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक तुङ् शिरोमणि बाँस्तोलाले यो पुस्तक लेख्नुभएको हो । विसं १९६८ मा भएको पहिलो जनगणनादेखि विसं २०७८ मा भएको बाह्रौँं राष्ट्रिय जनगणनाका बारेमा विस्तृत रुपमा यस पुस्तकमा लेखिएको छ ।

यो पुस्तक सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, नीति निर्माता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी लगायत सबैलाई उपयोगी हुने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक घिमिरेले बताउनुभयो । नेपालमा विसं १९६८ देखि जनगणना सुरु गरिएको हो ।

विसं २००९÷११ मा सञ्चालित पाँचौँ जनगणनालाई वैज्ञानिक विधिबाट सञ्चालित पहिलो जनगणना मानिन्छ ।
बाह्रौंँ राष्ट्रिय जनगणना विसं २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म अक्सर बसोबासको अवधारणामा सञ्चालन भएको थियो । कोभिड– १९ महामारीका कारण २०७८ जेठ, असारमा सञ्चालन हुन नसक्दा कात्तिक मङ्सिरमा जनगणना गरिएको थियो । यस जनगणनामा मङ्सिर ९ गतेलाई जनगणना दिवसको रुपमा लिइएको छ । यस जनगणनाको अन्तिम प्रतिवेदन २०७९ चैत १० मा सार्वजनिक गरिएको छ ।

जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । यसमा पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख एघार हजार २७ रहेको छ ।

विसं १९६८ को पहिलो जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार सात सय ४९ रहेको थियो । पुस्तकमा दुई सय ४२ पृष्ठ छ । पुस्तक निःशुल्क वितरण गरिने कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइटमा पनि पुस्तक पढ्न सकिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu