ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा ट्याक्टरले ठक्कर दिँदा एक प्रहरीको मृत्यु


ABC NEWS
१५ श्रावण २०८०, सोमबार   ८ : ४६   बजे

धनगढी १५ साउन । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का गम्भीर घाइते भएका छन्।

हिजो आइतबार बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदीप चन्दले जानकारी दिए।

कठायत कञ्चनपुरको वाणीस्थित प्रहरीको विशेष सुुरक्षा गणमा प्रहरी जवान पदमा कार्यरत थिए।

दुर्घटनामा अर्का प्रहरी जवान घाइते भएका छन्। मोटरसाइकलमै सवार प्रहरी जवान हेमराज दाउका गम्भीर घाइते भएक हुन्। उनको माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ आइरहेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दाउका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। वाणीस्थित विशेष सुरक्षामा कार्यरत श्रीमतीलाई भेट्न त्यही गणमै कार्यरत प्रहरी जवान कठायतसँगै उनी आइरहेका थिए।

कार्यालय फर्किरहेका कठायत बाटोमै दुर्घटनामा परेका हुन्। श्रीमती भेट्न गएका अर्का प्रहरी जवान दाउका अस्पतालको शय्यामा पुगेका छन्।

ट्याक्टर चालक फरार छन्। प्रहरीका अनुसार ट्याक्टर धनीलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu