ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयक तत्काल अगाडि बढाउन प्रधानमन्त्रीबाट सचेतकहरुलाई आग्रह


ABC NEWS
१५ श्रावण २०८०, सोमबार   ११ : १०   बजे

काठमाडौं १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सहयोग गर्न नेताहरूसँग आग्रह गरेका छन् ।

सोमबार बिहान नेकपा माओवादी केन्द्रका सचेतक हितराज पाण्डे, एमालेका पदम गिरि र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग जोडिएका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले सो विषयमा चासो राखेको बताए ।

कानून, न्याय तथा मानव अधिकार समिति सदस्य समेत रहेका परियारले कानून उपसमिति बनाएर छलफल सकिएको र अहिले प्रतिवेदन लेख्ने काम भइरहेको जानकारी प्रचण्डलाई गराएको बताए ।

यस्तै भेटमा संसदको प्रभावकारिता, गतिरोध अन्त्य गर्ने र संसदीय समितिहरूमा सभापति चयनको विषयमा पनि प्रधानमन्त्री ध्यानाकर्षण गराएको उनले बताए ।

प्रचण्डले अन्य दलहरूसँग पनि आफू छलफलमा रहेकाले केहीदिनभित्र नै समितिहरूले पूर्णता पाउने आश्वासन दिएको उनले जनाए ।

सोमबार नै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

भोटेकोशीमा भीषण बाढी, तिब्बतमा हिमताल विस्फोटको आशंका (भिडियो)

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu