ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीको मुख्य पाइप अड्याइएको पिल्लर भाँचिने खतरा


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   २ : ३८   बजे

काठमाडौं २३ साउन । काठमाडौंको कालोपुलस्थित खानेपानी वितरणको मुख्य पाइप अड्याइएको पिल्लर जोखिममा परेको छ । धोबीखोलामाथिको पुलछेउको खानेपानीको पाइप अड्याइएको पिल्लर भाँचिने अवस्थामा पुगेको हो ।

उक्त पिल्लर भाँचिएको अवस्थामा पाइपलाइनमा समेत असर गर्न सक्छ । पाइपलाइन धेरै पुरानो रहेको र त्यसबाट काठमाडौंका विभिन्न स्थानमा पानी वितरण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ ।

सोमबार रातिदेखि अविरल वर्षासँगै खोलामा बाढी आउँदा पिल्लर भाँचिने अवस्थामा पुगेको हो । पिल्लरको वस्तुस्थितिबारे जानकारी लिने कार्य भइसकेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।

पाइप अड्याउन खोलामा पानीको बहाव कम भएपछि अर्को संरचना बनाइने उनले जानकारी दिए ।

“हाम्रो टोली पुगेर हेरिसकेको छ । खोलामा पानी कम भएपछि अर्को संरचना बनाउँछौँ,” उनले बाह्रखरीसित भने, “अहिलेलाई पाइप अडिएको नै छ ।”

उनका अनुसार उक्त पाइपलाइनबाट महाँकालदेखि कालोपुल, नक्साल हुँदै केशरमहल क्षेत्रसम्म पानी वितरण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu