ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी अपराधीको ठमेल ‘कनेक्सन’


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   १२ : १५   बजे

काठमाडौं, २४ साउन ।  घटना–१  करिब क्विन्टल सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले यही साउन १४ गते दावा छिरिङलाई पक्राउ गर्‍यो । चिनियाँ मूलका बेल्जियन नागरिक दावालाई विभागको टोलीले ठमेलस्थित होटेल भियनाबाट नियन्त्रणमा लिएको थियो ।

उनले नेपालको नागरिकता समेत लिएको खुलेको छ । दावाले काभ्रेबाट नागरिकता लिएको खुलेको हो । त्यसो त उनी प्रहरीको प्रक्राउ सूचीका आरोपित हुन् । नेपाली र भारतीय नागरिकलाई ‘अनलाइन लोन एप’मार्फत ठगी गर्ने गरेको उनीमाथि आरोप छ ।

साउन ४ गते विभागको टोलीले सो सुनका मालिक भनिएका लिङ चिवाङलाई समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनी समेत लामो समयदेखि ठमेलमा बस्दै आएका थिए ।

चिवाङलाई ठमेलमा दावाले नै ‘सेल्टर’ दिएर राखेको खुलेको थियो । त्यसपछि विभागको टोलीले दावालाई पक्राउ गरेको हो । सुन तस्करी प्रकरणको अनुसन्धान हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ ।

घटना–२
०७९ मंसिर १८ गते काठमाडौंको इन्द्रचोकमा हिँडिरहेका दुई चिनियाँ नागरिकमाथि अन्धाधुन्ध चक्कु प्रहार भयो । चक्कु प्रहारबाट घाइते भएका दुवैजनालाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा पुर्‍याएको थियो ।

घाइतेमध्ये २९ वर्षीय गान साउजिङको उपचारका क्रममा मृत्यु भयो । ती चिनियाँ नागरिकमाथि चक्कु प्रहार गर्ने आरोपित समेत चिनियाँ नै थिए ।

प्रहरीले गान र लि चिआङमाथि चक्कु प्रहार गर्ने ३७ वर्षीय फेङजेङलाई पक्राउ गरेको थियो । हत्या अभियोगमा फेङजेङ हाल पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

गान र आरोपित फेङजेङ परिचित साथीहरू नै रहेको र दुस्मनीका कारण चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । उनीहरू लामो समयदेखि ठमेलमा घर भाडामा लिएर बस्दै आएका थिए ।

घटना–३
०७९ फागुन १९ गते प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको टोलीले एक विदेशी महिलालाई पक्राउ गर्‍यो । पक्राउ पर्ने महिला युगान्डाकी नतासा भनिने इमालुकेट नाबासुम्बा थिइन् ।

उनले युगान्डाकै एक महिलालाई नेपालमा क्लिनरमा काम गर्दा मासिक ५०० अमेरिकी डलर कमाइ हुने प्रलोभनमा पारेर काठमाडौं बोलाएकी थिइन् । नतासा लामो समय ठमेलस्थित जर्नी होममा बसेकी थिइन् । नेपाल आएपछि उनले ती महिलालाई क्लिनरको साटो यौन व्यवसायमा लगाएको खुलेको थियो ।

राति ठमेलका विभिन्न क्लब पुग्ने नतासाले त्यहीँबाट यौनग्राहक खोज्ने र पीडित महिलासँग जबरजस्ती यौनसम्पर्क गर्न लगाउने गरेको खुलेको थियो । ती महिला युगान्डा फर्कन खोज्दा नतासाले उनको टिकट समेत रद्द गरिदिएकी थिइन् ।

पीडित महिला पछि प्रहरीको सम्पर्कमा पुगिन् । प्रहरीले नतासालाई ठमेलबाट पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि जेल चलान भएकी छन् ।

पर्यटकीय क्षेत्र ठमेललाई पछिल्लो समय विभिन्न देशका नागरिकले अपराध गर्न प्रयोग गर्ने ठाउँ ९हब०का रूपमा लिन थालेका यी घटनाले देखाउँछ । रात्रिकालिन व्यवसाय र पर्यटकीय क्षेत्र भएका कारण यहाँ मानिसको बाक्लो उपस्थिति हुने गरेको छ । विभिन्न अपराधका घटना समेत हुने गरेको प्रहरीको भनाइ छ ।

ठमेलका अधिकांश घरहरू पूरै भाडामा लगाइने गरिन्छ । कतिपय अवस्थामा घरधनीलाई समेत भाडामा बस्नेहरूको गतिविधिबारे कुनै जानकारी हुँदैन । आपराधिक मानसिकता भएका समूहले घर नै भाडामा लिएर अवैध काम गर्ने गरेको ठमेलका केही व्यवसायीको भनाइ छ ।

ठमेल पर्यटकीय क्षेत्र भएकाले मानिसको उपस्थिति बाक्लो हुने र आपराधिक घटना पनि हुने गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनाली बताउँछन् ।

एसएसपी मैनाली भन्छन्, “ठमेल पर्यटकीय क्षेत्र हो । त्यहाँ आन्तरिकभन्दा विदेशीहरूको संख्या बढी हुन्छ । त्यसैले केही आपराधिक मनोवृत्ति भएका पर्यटकहरूबाट आपराधिक घटना हुने गरेको हो ।”

पछिल्लो समय ठमेलमा आपराधिक गतिविधि गर्ने व्यक्तिहरूमाथि प्रहरीले सीसीटीभीको माध्यमबाट निगरानी बढाएको उनले बताए ।

उपत्यकाका जेलमा करिब ३०० विदेशी कैदी
उपत्यकाका विभिन्न ठाउँमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका २८३ विदेशी नागरिक हाल जेलमा छन् । तीमध्ये केही व्यक्ति अदालतबाट कैद सजाय तोकिएका छन् । केही विदेशी पुर्पक्षका लागि जेल चलान गरिएका हुन् ।

कारागार व्यवस्था विभागको तथ्यांकानुसार सुन्धारास्थित केन्द्रीय कारागारमा सबैभन्दा बढी १८७ विदेशी कैदी छन् । ललितपुरस्थित नख्खु कारागारमा ७१ विदेशी कैदी छन् ।

डिल्लीबजारस्थित सदरखोरमा समेत २५ विदेशी कैदी राखिएको छ । देशभरका कारागारमा ८५० विदेशी कैदी रहेका सो विभागले जनाएको छ ।

विदेशी कैदीहरूले समेत नेपालीसरह दैनिक ८० रुपैयाँ नगद र ७०० ग्राम चामल पाउने गरेका विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu