ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिचान आन्दोलनका शहिदको सम्मान र घाइतेलाई सहयोग गर्दै मनाए विश्व आदिवासी दिवस


abc tv
२४ श्रावण २०८०, बुधबार   ८ : ५९   बजे

काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ ।

महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौ’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो ।
संयुक्त राष्ट्र संघले यस वर्ष २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो ।

महासंघले बुधबार बिहान नेपालमा बसोबास गर्ने विभिन्न आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूको भेषभूषा, संस्कृति झल्किने झाँकीसहितको र्‍याली समेत प्रदर्शन गरेको थियो । यस वर्ष महासंघले प्रदेश १ लाई कोशी प्रदेश नामांकरणविरुद्धको आन्दोलनसँग जोडेर विश्व आदिवासी दिवसलाई मनाएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली कमलादीस्थित प्रज्ञाभवनमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

कोशी विरुद्धको आन्दोलनका शहिद सहित तीन जनालाई सम्मान

यसैबीच त्यस अवसरमा कोशी प्रदेश नामांकरण विरुद्धको आन्दोलनमा शहिद भएका पदमबहादुर लिम्बू लाजेहाङलाई मरणोमरान्त सम्मान गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले शहिद लाजेहाङका बुवा छत्रबहादुर लिम्बूलाई सम्मान गरेका हुन् । उनलाई महासंघले नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
प्रदेश नम्बर १ प्रदेशसभाले कोशी नामांकरण गरेपछि पहिचान पक्षधरहरूले किरात प्रदेश नामांकरण गर्नुपर्ने आन्दोलन चर्काएको अवस्थामा गत चैत ५ गते प्रहरी प्रशासनले अश्रुग्याँस प्रहार गर्दा शहिद लाजेहाङ घाइते भएका थिए । उनको चैत १० गते उपचारका क्रममा बिपी अस्पताल धरानमा मृत्यु भएको थियो । उनलाई अहिले संघीय सरकारले शहिद घोषणा समेत गरिहसकेको छ ।

त्यसैगरी सोही आन्दोलनमा घाइते भएका भएका गजेन्द्र फागोलाई बुधबार नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा महासंघका संस्थापक महासचिव ९प्रमुख० सुरेश आलेमगरलाई नेपालमा आदिवासी जनजाति आन्दोलन उठाउन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको महासंघका महासचिव दिवस राईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । भगवती पाण्डेले आदिवासी जनजातिको अपमान हुनेगरी दिएको अभिव्यक्तिपछि भएको आन्दोलनका क्रममा प्रशासनले महिलाहरूमाथि ज्यादती गरेको भन्दै उनले उक्त घटनाका दोषीलाई कारबाही गर्न समेत माग गरे । उनले पाण्डेलाई समेत तत्काल कारबाही गर्न माग गरे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोक राई, नेपाली कांग्रेसका नेता जीपछिरिङ लामा, महासंघका सल्लाहकार जगत बराम, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमी शेर्पा, किरात राई यायोख्खाका अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुम चुम्लुङका अध्यक्ष तथा प्रदेश १ पुनः नामांकरण संयुक्त संघर्ष समितिका संयोजक प्रेम एक्तेन, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती लगायतले आगामी वर्षदेखि सरकारले विश्व आदिवासी दिवस मनाउनुपर्ने बताए ।

दिवसको अपनत्व राज्यले लिनुपर्ने भन्दै उनीहरूले कोशीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे । उनीहरूले आदिवासी जनजातिको संस्कार, संस्कृतिमाथि कसैले धावा बोल्न खोजे वा अपमान गर्न खोजे अब सहेर नबस्ने समेत बताए ।

त्यस अवसरमा माझी समुदायको हुती नाच, कुमाल समुदायको पाङ्दुरे, छन्त्याल समुदायको सोरठी, ह्योल्मो र शेर्पा समुदायको स्याब्रु, गुरुङ समुदायको कौह्रा, मगर समुदायको पैस्यारु, राई समुदायको साकेला, तामाङ समुदायको डम्फूसेलो लगायतका नृत्य प्रस्तुत गरिएको थियो ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu