ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनमाथि सुदन किरातीको व्यंग्य– ‘देशको चाबी पाए, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ’


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ५५   बजे

इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै जनताले देशको नेतृत्वको जिम्मेवारी दिए पनि उनले त्यसअनुसार जिम्मेवार ढंगले काम गर्न नसकेको टिप्पणी गरेका छन्।

इलामको बिप्लेटेमा आयोजित पार्टीको ‘जनहातेमालो’ कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले प्रधानमन्त्री शाहमाथि व्यंग्य गर्दै भने, ‘जनताले बालेनलाई देशकै चाबी दिए, तर ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ।’

प्रधानमन्त्रीले पछिल्ला दिनमा देखाएको व्यवहार र कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले सडकमा सवारी चलाउने चालकले समेत नियम पालना गर्नुपर्ने भए सार्वभौम मतबाट निर्वाचित नेतृत्वले झन् कानुन र नियमको सम्मान गर्नुपर्ने बताए।

‘ट्राफिक लाइट पनि नहेर्ने, अर्काको लेन पनि मिच्ने, जसलाई पायो त्यसलाई किच्याउने, जहाँ पायो त्यहीँ छिर्ने र जता पायो त्यतै पार्किङ गर्ने गरिरहेको छ,’ उनले भने, ‘सार्वभौमिक अधिकार प्रयोग गरेर नागरिकले आफ्नो अमूल्य मतद्वारा चुनेको ड्राइभरले नियम–कानुन त मान्नुपर्छ होला नि ?’

प्रधानमन्त्री शाहको पछिल्लो मुस्ताङ र पोखरा भ्रमणका क्रममा ट्राफिक नियम उल्लङ्घन भएको विषयलाई लिएर विभिन्न पक्षबाट आलोचना भइरहेको सन्दर्भमा किरातीले यस्तो टिप्पणी गरेका हुन्।

किरातीले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अब देशको राजनीतिक यात्राको ‘गाडीको चाबी’ श्रम संस्कृति पार्टीले लिनुपर्ने धारणा पनि राखे।

त्यसका लागि पार्टी संगठनलाई जनताको घरदैलो र जरासम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो। जनतासँग प्रत्यक्ष हातेमालो गर्दै बलियो राजनीतिक तथा संगठनात्मक आधार निर्माण गर्न सके मात्रै वैकल्पिक राजनीतिक शक्ति स्थापित हुन सक्ने उनले बताए।

‘सरकार जनताको शासक होइन, सेवक हो भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्छ,’ किरातीले भने।

कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरेका दर्जनौं कार्यकर्तालाई श्रम संस्कृति पार्टीमा प्रवेश गराइएको पनि जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

Nepal Government Pledges Reforms to Protect Domestic Workers

Nepal Seeks Deeper Economic Ties With US Focused On Digital Innovation, Clean Energy

चार सातापछि बस्यो कर्णाली मन्त्रिपरिषद् बैठक, कर्मचारीको नयाँ तलबमानदेखि राजस्व विधेयकसम्म निर्णय

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu