ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार सातापछि बस्यो कर्णाली मन्त्रिपरिषद् बैठक, कर्मचारीको नयाँ तलबमानदेखि राजस्व विधेयकसम्म निर्णय


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ५५   बजे

सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको करिब चार सातापछि मंगलबार साँझ मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाहीले सरकार गठनको चार सातापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मुख्यमन्त्री शाहीले नियुक्त भएको करिब तीन सातापछि नेकपा (एमाले) का तीन मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, आफ्नै दलबाट मन्त्री चयन गर्न नसक्दा कर्णाली प्रदेश मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन।

यद्यपि, मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै बसेको पहिलो बैठकले कर्मचारीको तलबमानदेखि प्रदेशको राजस्व व्यवस्थासम्बन्धी विधेयकसम्मका महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले गत साउन १ गतेदेखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको नयाँ तलबमान कायम गर्ने निर्णय गरेको छ।

निर्णयअनुसार संघ, प्रदेश तथा स्थानीय तहको दरबन्दीमा कार्यरत स्थायी तथा करार कर्मचारीका लागि नयाँ तलबमान लागू हुनेछ।

सहसचिव केसीलाई शान्ति सुरक्षा र विपद्को जिम्मेवारी

बैठकले हालै सरुवा भएर कर्णाली प्रदेश आएका सहसचिव रमेश केसीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत महत्वपूर्ण जिम्मेवारीसमेत तोकेको छ।

केसीले अब शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधिसम्बन्धी विषय हेर्ने गरी जिम्मेवारी पाएका छन्।

मन्त्रिपरिषद्ले कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

प्रदेश सरकारको राजस्व व्यवस्थापन र आर्थिक प्रशासनसँग सम्बन्धित उक्त विधेयकलाई अब प्रदेशसभामा प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्नेछ।

मन्त्रिपरिषद् अझै अपूर्ण

सरकार गठन भएको चार सातापछि पहिलो मन्त्रिपरिषद् बैठक बसे पनि मुख्यमन्त्री शाहीले आफ्नो दलबाट मन्त्री चयन गर्न नसक्दा मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन।

पहिलो बैठकबाट प्रशासनिक र आर्थिक विषयमा निर्णय लिएर सरकारलाई गतिशील बनाउने प्रयास गरिए पनि मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले कर्णाली प्रदेश सरकारको आगामी राजनीतिक र प्रशासनिक दिशा थप चासोको विषय बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu