ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने, धेरै ठाउँमा वर्षाको सम्भावना


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   ९ : ४८   बजे

काठमाडौ साउन २६ । भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै छ । यसका साथै भारतको बिहारको उत्तर पश्चिम क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावसमेत परेको छ ।भोलिदेखि थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको उनले बताए ।

गएको सोमवार राति र मङ्गलवार देशका धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले ठाउँठाउँमा बाढी पहिरो गएको छ भने केही ठाउँमा डुबानसमेत भएको थियो । सोमवारदेखि नै देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।यस्तै, धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो वर्षा भइरहेको छ ।

आज पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । अझै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरो तथा डुबान हुने ठाउँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu