ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी शैलीको राजनीति शुरु गरेर प्रचण्डलाई नहौसिन ओलीको चेतावनी


एबीसी न्यूज
२७ श्रावण २०८०, शनिबार   ५ : २४   बजे

 

काठमाडौं २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति सुरु गरेको टिप्पणी गरेका छन्। शनिबार गुरु लुँइटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड सरकारले प्रतिशोधको राजनीति शुरु गरेर तर्साउन खोजेको भन्दै धेरै नहौसिन चेतावनी दिएका छन् ।

‘यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन। यो अलि पाकिस्तानी प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नुभएको छ। यो राजनीति यहीँ अन्त्य हुँदैन। यो सुरु भयो। यसको अन्त्य यहीँ हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु।’

उनले लोकतन्त्र विरोधी र आन्दोलनमा कहीँकतै देखा नपरेका तत्वहरूले अहिलेको सरकार चलाइरहेको ओलीको आरोप छ।

‘खासगरी सत्तामा लोकतन्त्रविरोधी तत्वहरूको बोलवाला छ, आन्दोलनमा कतै देखा नपरेका तत्वहरूले शासन चलाइरहेका छन्,’ ओलीले भने।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारले केही बोलेकै भरमा युवा हुने बेलाको मुद्दा बूढेसकाल हुँदा झिकेको जिकिर गरे।

‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा युवा हुँदा परेको मुद्दा बूढो हुँदा निकालेको छ। मान्छे बूढो हुन थालिसक्यो युवा हुँदा पढेको आइएस्सीको सर्टिफिकेटको मामला निकालेर, त्यो छानबिन गरे हुन्थ्यो हतकडी लगाएर,’ ओलीले अघि भने, ‘एउटा सांसद भागेर जान्छ कि, सुनिल शर्मा भनेको मेडिकल कलेज चलाएर बसेको मान्छे, भागिहाल्दैन होला। कुनै गृहमन्त्रीको नाम सुन्दा भागिहाल्दैन होला। पहिला हतकडी लगाएर खोरमा थुनेर अनि छानबिन गर्नेरु’

लोकतन्त्रको पक्षमा आवाज उठाउनेविरुद्ध सरकारले डन्डा चलाउने काम गरेको ओलीको आरोप छ।

‘दोषी छ भने थुन्ने कि दोषी नभए पनि थुन्ने। यो देशको शासनमा बस्ने केही मान्छेहरुको कुनै योगदान छैन,’ ओलीले भने, ‘अनि अहिले आएर लोकतन्त्रको पक्षमा बोल्न खोज्नेहरुलाई अहिले आएर लोकतन्त्रको पक्षमा आवाज चलाउनेलाई डन्डा चलाउनेरु त्रासको एउटा वातावरण बनाउन खोज्नेरु’

उनले कांग्रेस सांसद सुनिल शर्मा पक्राउ पर्नु देख्नलाई सामान्य भएपनि सामान्य विषय नभएको आरोप लगाए।

‘यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन। यो अलि पाकिस्तानी प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नुभएको छ। यो राजनीति यहीँ अन्त्य हुँदैन,’ ओलीले भने, ‘यो सुरु भयो। यसको अन्त्य हुँदैन। धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu