ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको तीनमहिने अभियान : २५ लाख मतदातासँग भेटघाट गर्ने


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   १ : २१   बजे

काठमाडौं ३० साउन । सत्ताको नेतृत्वकर्ता दल नेकपा ९माओवादी केन्द्र०ले तीनमहिने संगठन विस्तार अभियानबाट आठ लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य लिएको छ ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’बारे पार्टी केन्द्रले जारी गरेको ‘सर्कुलर’मा २५ लाख मतदातासँग भेटघाट गर्ने पनि उल्लेख छ । तीनमहिने अभियान केन्द्रीय सदस्यहरू वडा तहमा नै पुग्नेछन् ।

“नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने,” सर्कुलरको लक्ष्य शीर्षकमा भनिएको छ, “कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।”

आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा एकरएक उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने जनाइएको छ ।

संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम सातै प्रदेशमा एकरएक आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख छ ।

अभियान तीन चरणमा
माओवादीले अभियान तीन चरणमा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बैठक, भेला, सदस्यता नवीकरणलगायत कार्य गरिने सर्कुलरमा उल्लेख छ ।

“बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरूको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण,” पहिलो चरणको कामबारे सर्कुलरमा भनिएको छ ।

दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण सञ्चालन गरिनेछ ।

“पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक संघसंस्थाहरूसँग अन्तरक्रिया,” दोस्रो चरणको कार्यक्रमबारे भनिएको छ ।

यस्तै, तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्षलगायत कार्यक्रम गरिने जनाइएको छ ।

“तेस्रो चरण स् जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम,” सर्कुलरमा उल्लेख छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई आधार बनाई प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना बनाइने जनाइएको छ ।

त्यसअन्तर्गत आठौँ महाधिवेशनद्वारा पारित ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’सम्बन्धी रणनीति र कार्यनीतिलाई पार्टीपंक्ति र जनसमुदायबीच पुर्‍याउने उल्लेख छ ।

अभियानका क्रममा आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरू, जलजंगल, जमिनको व्यवस्थापनसम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्यसम्बन्धी नीति सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने, विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढंगको कम्युनिस्ट पार्टीबारे पार्टीपंक्तिमा व्यापक छलफल गरिने सर्कुलरमा जनाइएको छ ।

शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेसाका आधारमा संगठित गर्ने, सहकारीहरूलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल, बिउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्न निर्देशन दिइएको छ ।

पर्यटन, साना उद्योगसम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने, वडाको समग्र डाटा संकलन गर्ने सर्कुलरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group