ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश बैंकको निक्षेप ब्याजदर बढ्यो, साउनमा बढाएकाले भदौमा घटाए


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ३ : १९   बजे

काठमाडौं, ३२ साउन । वाणिज्य बैंकहरूले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक ब्याजदरअनुसार अधिकांश वाणिज्य बैंकले ब्याजदर बढाउने भएका छन् ।

तर, साउनमा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका एनएमबि, प्राइम कमर्सियल, कुमारी र एनआईसी एसिया बैंकले भने घटाएका छन् । यी बैंकले ०।०३ प्रतिशत विन्दुदेखि ०।९४ प्रतिशत विन्दुसम्म ब्याजदर घटाएका हुन् ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार एनएमबि बैंकले ०।९४ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । साउनमा मुद्दती निक्षेपमा १०।९३ प्रतिशत ब्याज दिँदै आएको यो बैंकले भदौमा ९।९९ प्रतिशत दिने भएको छ ।

तर, २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर बढाउनेमा सरकारी बैंकहरू छन् । सरकारी स्वमित्वका नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा एकदेखि करिब दुई प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

अहिले बैंकहरूमा तरलता सहज छ । तर, कर्जा माग भने कम भएको माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन् । साउनमा ब्याजदर बढाएका बैंकहरूले केही घटाएका र आगामी दिनमा सबै बैंकको एउटै रेसियोमा ब्याजदर आउने उनको बुझाइ छ ।

“ब्याजदर घटबढ हुनु ‘नेचुरल प्रोसेस’ हो । अर्को महिना सबै बैंकको भद्र सहमति नभए पनि ‘मोर अर लेस’ एउटै हुन सक्छ,” उनले भने, “बैंकहरूले आन्तरिक ‘मेनेज’ गरेका हुन् । धेरै ब्याज बढेको हैन ।”

केही समयअघि स्थानीय तहको रकम निक्षेपका गणना गर्न नपाउँदा बैंकहरूलाई असहज भएको थियो । तर, अहिले बैंकहरूमा तरलता सहज भएको छ । कर्जा माग कम हुँदा बैंकहरूमा तरलता पर्याप्त भएको कोइराला बताउँछन् ।

“स्थानीय तहको निक्षेप ‘काउन्ट’ गर्न नपाउँदा ‘प्राक्टिकल्ली’ घटेको थियो । हाल त्यस्तो ठूलो असर बजारलाई परेको छैन,” उनले भने, “लोनको डिमान्ड पनि छैन । बैंकहरूले ‘एग्रेसिभ्ली’ निक्षेप बढाउने स्थिति पनि छैन । भदौदेखि ब्याजदर लगभग एउटै हुन सक्छ ।”

नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

राष्ट्र बैंकका अनुसार सोमबारसम्म कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ८३।६९ प्रतिशत कायम छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले निर्देशन दिएअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग थप तीन खर्ब ६६ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

तीन सरकारी बैंक कुनको कति ब्याजदर रु

सञ्चालित २० वाणिज्य बैंकहरूमध्ये नेपाल बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक अर्धसरकारी बैंक हुन् । कृषि विकास र नेपाल बैंकले सर्वसाधारणलाई सेयर जारी गरेका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई सेयर जारी गरेको छैन ।

यी वाणिज्य बैंकमध्ये भदौमा नेपाल र कृषि विकास बैंकले १०।८९६ प्रतिशत ब्याज दिने भएका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दतीमा अधिकतम ९।९९ प्रतिशत ब्याज दिने भएको छ । साउनमा वाणिज्य बैंकले ८।९९ प्रतिशत ब्याजदर दिएको थियो । साउनमा कृषि विकास बैंकले ९।५१ प्रतिशत र नेपाल बैंकले ८।९९ प्रतिशत ब्याज दिएको थियो ।

साउनमा दोहोरो अंक ब्याज दिएका बैंक

साउनमा कुमारी, एनआईसी एसिया, प्राइम कमर्सियल, एनएमबि र नबिल बैंकले मात्र दोहोरो अंकमा व्यक्तिगत निक्षेपमा ब्याज दिएका थिए । साउनमा यी बैंकले व्यक्तिगत निक्षेपमा ९।९९ प्रतिशतदेखि एकैपटक बढाएर १०।९४ प्रतिशतसम्म ब्याज दिएका थिए ।

साउनमा सबैभन्दा बढी ब्याजदर कुमारी बैंक र एनआईसी एसिया बैंकको थियो । यी दुई बैंैकले साउनमा व्यक्तिगत निक्षेपमा १०।९४ प्रतिशत दिएका थिए । तर, यी बैंकले भदौमा भने ब्याजदर केही घटाएका छन् । एनआईसी एसियाले ०।०४ र कुमारीले ०।०४१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । सर्वाधिक ब्याजदर घटाउनेमा एनएमबि बैंक रहेको छ । यो बैंकले ०।९४ प्रतिशतले ब्याजदर घटेको छ ।

चार वाणिज्य बैंकको ब्याजदर स्थिर

भदौमा चार वाणिज्य बैंकले भने साउनमा व्यक्तिगत मुद्दतीमा दिँदै आएको ब्याज नै दिने भएका छन् । यसरी ब्याजदर स्थिर राख्नेमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबिआई बैंक रहेका छन् ।

यी बैंकले व्यक्तिगत निक्षेपमा ९।९९ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागत निक्षेपमा भने यी बैंकले ब्यक्तिगत निक्षेपभन्दा दुई प्रतिशत विन्दुभन्दा कम ब्याजदर दिने भएका छन् । यी बैंकले व्यक्तिगत निक्षेपमा ७।९९ प्रतिशत ब्याजदर दिन लागेका हुन् ।

यो ब्याजदर भोलिदेखि लागु हुनेछ । यी बैंकले व्यक्तिगत निक्षेपमा गत महिनाकै ब्याजदर कायम गरेसँगै कर्जाको ब्याज पनि नबढ्ने भएको छ ।

भदौमा संस्थागत निक्षेपको अधिक ब्याजदर ८।८९६ प्रतिशत र न्यूनतम ६।९२ रहेको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकले संस्थागत निक्षेपतर्फ ६।९२ प्रतिशत ब्याजदर दिने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group