ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, अध्यक्षता गर्ने सांसदले पनि मत दिने


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   २ : ५७   बजे

काठमाडौं, ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन्।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका उनले २० दिनपछि विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले थापाले विश्वासको मत सोमबार नै लिने निर्णय भएको बताएका छन्।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको उनले बताएका छन्।

उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएर काठमाडौं गएपछि प्रदेशसभा बैठक अध्यक्षमण्डलका सदस्य एवम् नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरीले चलाउने भएका छन्।

उनै मन्सुरीको मतसमेत हिसाब गरेर सत्ता गठबन्धनले बहुमत अर्थात् ४७ जना सांसद पुर्‍याउने नयाँ फर्मुला ल्याएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुमत पुग्न नदिन उपसभामुख दुनवार र अन्य ८ जना सांसदलाई अनुपस्थित गराउने निर्णय गरिसकेको छ।

माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि भोट दिएपछि बहुमत पुग्ने बताए।

अब असार २१ गते सभामुख बाबुराम गौतमले बहुमत पुर्‍याउन हस्ताक्षर गरेका थिए। अब फेरि गठबन्धनले बैठकको अध्यक्षता गर्नेलाई पनि मत हाल्न लाउने रणनीति बनाएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu