ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ९ : ४६   बजे

काठमाडौ भदौ ८ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा भएका छन् । जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी केहीबेरमै २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ ।फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको थियो । त्यहाँ उनको औँठाछाप लिइएको र मगशट अनुहारको तस्बि भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो । लगत्तै त्यो फोटो सार्वजनिक गरियो थियो ।

फोटो खिचिसकेपछि उनी २ लाख डलरको जमानतमा रिहा भएका खबरमा उल्लेख छ ।अमेरिकामा यस्तो मगशट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति बनेका छन् । सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् ।

तर, उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ता गरिएको छ । ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।ट्रम्पले आत्मसर्पण गर्न पुगेका बेला जेल बाहिर उनका समर्थकहरुको भिड लागेको थियो । ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका पूर्व वकिल रुडी जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा मुख्यमन्त्री थापाको विश्वासको मत फेरि अनिश्चित, नेकपाका सांसद असन्तुष्ट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

सम्बन्धित

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत

फारसको खाडीमा तनाव चर्किँदा चीनको आग्रह– ‘सकेसम्म चाँडो वार्तामा फर्कनुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu