ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौर हत्याकाण्डका पीडितले नेपालमा न्याय नपाए हेग जान्छन् : प्रभु शाह


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ४ : १८   बजे

काठमाडौं, ११ भदौ, । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन्।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन्।

‘यदी सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्। हाम्रो पार्टी चुप लागेर बस्दैन। पीडितहरु नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ। यो चेतावनी दिन चाहन्छौँ,’ उनले भने।

१७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताउँदै उनले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताए।

‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो। मुद्दा दर्ता छ। मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ। १७ वर्ष अगाडी मुद्दा दर्ता छ तर कानून लाग्दैन। सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केहीदिन रोक्नुपर्छ। लटरपटर गर्नुपर्छ,, उनले भने, ‘केही गर्नु हुँदैन। भने यो कानूनको शासन होरु कुर्सीको शासन भन्ने कि कानूनको शासन भन्नेरु न्यायको लागि सरकार बनेको हो किरु कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछरु कानुनको शासनको खिल्ली उडाउने काम भएको छ।’

उनले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको उनले बताए। उनले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु चुप नलाग्ने पनि बताए।

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षि मात्रै बनाइएको बताए। मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ थियो।

‘दुनियाँलाई थाहा छ नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली हो। प्रधानमन्त्री शक्तिशाली। मन्त्रिपरिषद्को निर्णयको सम्पूर्ण जवाफदेहिता प्रधानमन्त्रीमा हुन्छ। मन्त्री दोषी हुँदैन। जुन निर्णय, मन्त्रिपरिषद्को निर्णयको हवलाबाट भएको यो काण्ड प्रधानमन्त्री साक्षि भयो,’ शाहले अघि भने, ‘भुटानी शरणार्थीमा ठूला नेताहरुको लागि अनुसन्धान पछि गर्ने भनेजस्तै यसमा त झन के भयो भने जसले मुख्य दोषी हुनुपर्ने हो मन्त्रिपरिषद्को निर्णयलाई नै हवला दिने हो भने उहाँहरु साक्षि हुनुभयो। दुधको रखवारी बिरालोले गरेजस्तै यो मुद्दाको साक्षि हुने भो प्रधानमन्त्रीज्युहरु। विचार गर्न म भन्छु।’

अध्यक्ष साहले सत्तारुढ गठबन्धनका ठूला नेताहरु मिलेर सुन काण्डमा नाम जोडिएका नेताहरुलाई बचाउन लागि परेका पनि आरोप लगाए।

‘सुन काण्डले केही गर्ला भनेको त जति जति ठूला नेताहरुको नाम आउन थालेपछि सरकारले केही ठुला नेताहरुलाई नगर्ने भनि निर्णय हुन्छ। गठबन्धनको बैठक बस्छ र ठूला नेताहरुलाई केही नगर्ने, यदी ठूला नेताहरुलाई ग¥यो भने हामीपनि पर्ने भन्छन्,’ उनले भने, ‘नेपालमा भएकै यही हो ठूला नेताहरू मिल्ने। ठूला नेताहरू मिलेर भागबण्डा गर्ने, लुट्ने। लुट्ने भएपछि सबैलाई थाहा छ मैले यो गल्ती गरेको छु, मैले यो गरेभने म पनि पर्छु भन्ने डरले सबै पछाडी हट्ने।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group