ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय क्रिकेट टोलीको ड्रेसिङ रुममा नेपाली खेलाडीलाई मेडल


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १२ : २२   बजे

काठमाडौं, १९ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत गएराति वर्षाले प्रभावित भएको समूह चरणको अन्तिम खेलमा भारतसँग नेपालले १० विकेटको पराजय भोग्यो।

ओभर छोट्याउँदा पनि मध्यरातिसम्म चलेको खेलका क्रममा नेपालले दिएको २३१ रनको लक्ष्य भारतले ओभर छोट्याएको खेलमा बिनाक्षति पूरा गरेको थियो। श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो।

बलिङतर्फ करण केसीसहितले आफ्नो प्रभाव देखाए पनि विकेट लिन सकेनन्।

खासगरी आशिफ शेख र सोमपाल कामीको शानदार प्रदर्शनको तारिफ भइरहेको छ।

मध्यराति खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।

त्यसक्रममा देखिएको अनौठो दृश्य के थियो भने भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए।

खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ। भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे।

जहाँ देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउने क्रममा मेडललाई प्रयोग गरेका हुन्। जसलाई नेपाल क्रिकेट संघ क्यानले पनि एउटा राम्रो अवसर भनेर भिडिओ सेयर गरेको छ।

भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन्।

भारतविरुद्ध उत्कृष्ट खेलेका सोमपाल कामी, आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीले मेडल लगाइदिएका छन्।

यो क्षणलाई क्यानले पनि अविस्मरणीय भनेको छ। ‘क्रिकेट एक यस्तो खेल हो, जहाँ केबल आफ्नो ब्याटिङ र बलिङको खेल कौशल मात्रै होइन, खेल चरित्र देखाएर पनि नायक बन्छन्। यस अद्भुत समयका लागि बीसीसीआई र भारतीय क्रिकेट टिमलाई हार्दिक धन्यवाद१’

उक्त भेटघाटपछि नेपाली खेलाडीहरुले भारतीय खेलाडीसँगका सेल्फी र तस्बिर सार्वजनिक गरेका छन्। सोमपाल कामीले विराट कोहलीबाट जुत्तामा अटोग्राफ लिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनले विराट एक क्रिकेटर मात्रै नभएर नायक भएको बताएका छन्।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu