ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड र बालेन्द्रको अराजक शैलीले देश चल्न सक्दैन : शेखर कोइराला


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   ३ : २६   बजे

काठमाडौं, १९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

जातीय पहिचानको राज्य बनाइदिने जस्ता अराजक कुरा प्रधानमन्त्री दाहालले बोल्न नहुने उनले बताए।

पार्टीनिकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताएका छन्

‘देश अराजकतातिर बढ्न गएको भन्ने खबर २र३ दिन पहिले कहिले होरु काठमाडौंका मेयरले जुन बोल्नुभयो, त्यो गलत थियो। देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन’, उनले भने, ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, जातीय पहिचानको राज्य बनाइदिन्छौँ भन्न मिल्दैन। यसरी देश चल्दैन। यो कुरालाई कांग्रेसले गम्भीर रुपले लिनुपर्छ, कर्मचारी पनि गम्भीर हुनुपर्छ।’

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए।

उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिन सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu