ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीलाई अमेरिका पठाइदिने भन्दै विभिन्न देशमा बिचल्ली पार्ने गिरोहका नाइके पक्राउ


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   ७ : १९   बजे

काठमाडौं, २२ भदौं । विभिन्न प्रलोभन देखाई नेपालीलाई अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन्।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका ४ नाथीगाड घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्ने अमेरिकन नागरिक ५२ वर्षीय मृदुर भन्ने हस्त गौतमलाई मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

गौतमले अमेरिका पठाइदिने भन्दै नेपालीलाई युएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरुमा पुर्याएर बिचल्ली पार्ने गरेको प्रहरीले जानकारी दिएको छ।

ती देशमा पुर्याएर राहदानी, मोवाइल लगायत जफत गरेर ठूलो मात्रामा पैसा माग्ने एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचविखन गर्ने, बुझाउने जस्ता कार्य गरेको ब्यूरोले जनाएको छ। बुधबार रुपन्देहीबाट पक्राउ गरेर ल्याएका गौतमलाई शुक्रबार ब्यूरोले सार्वजनिक गरेको छ।

नेपालीलाई बिचल्ली पार्ने नाइके
यसअघि पक्राउ परेका कमल तामाङ समेतकाविरुद्ध मानव बेचविखन तथा ओसारपसार र संगठीत अपराधको कसुरमा ५ वटा मुद्दा दर्ता भएका थिए। उक्त कसुरमा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेकोमा गौतम मुख्य योजनाकार भएको खुलेको थियो।

फरार रहेका गौतमलाई विशेष सूचनाको आधारमा रुपन्देहीको बेलहियाबाट प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नो बेस मेक्सिकोमा बलाई आफ्ना ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, कोलम्बिया, लेटिन अमेरिका लगायतका देशहरुमा परिचालन गरेको खुलेको छ। उनीहरुले अमेरिका पठाउने भन्दै ठूलो मात्रामा रकम लिने, बन्धक बनाउने, थप पैसा माग्दै जाने, शारीरिक मानसिक यातना दिने गरेका थिए।

अमेरिका पठाउने भनी बिचल्ली पारेको भन्दै मानव वेचविखन अनुसन्धान ब्यूरोमा ५ वटा मुद्दा दर्ता भएका थिए। ६ जना पीडित रहेको र २ जनाको उद्धार हुन बँकी नै रहेको ब्यूरोले जनाएको छ। उनीहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको पनि ब्यूरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितहरुबाट गौतम लगायत उनको समूहले २ करोड भन्दा बढी रकम लिएका छन्। गौतमले हालसम्म २ सय नेपालीलाई अमेरिका पठाइसकेको प्रहरीलाई बयान दिएका छन्।

उनले पठाएका १३ जना भने अन्य देशमा अझै पनि अलपत्र रहेको प्रहरीले बताएको छ। उनले अमेरिका पठाउने नाममा भिजिट भिसामा विभिन्न देशमा पठाउने गरेका थिए।
हस्त गौतम उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group