ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशसभा संसद् सुचारु गराउन सर्वदलीय बैठक बस्दै


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   ८ : १६   बजे

काठमाडौ २४ भदौ । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । आजका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखेपछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको अगुवाइमा बैठक सञ्चालनको लागि सर्वदलीय बैठक बोलाइएको हो ।सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

बैठक प्रदेशसभा सचिवालयमा नै बस्नेछ । पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सबै दलहरूसँग छलफलको तयारी गरेका हुन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।उक्त बैठकमा सहमति जुट्न सकेको खण्डमा आजै बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुनेछ ।

गत २ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । गत भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा पनि सरकार र विपक्षी दलहरू बिच सहमति हुन नसकेपछि स्थगित हुँदै आएको छ ।१८ गतेदेखि हालसम्म गरी प्रदेशसभा बैठक ३ पटक सारिएको छ । १८ गते दिउँसो १ः३० बजेका लागि बोलाइएको बैठक सरकार र विपक्षी दल बिच सहमति कार्यान्वयनको सम्बन्धमा विवाद भएपछि स्थगित गरिएको थियो । निर्धारित समयमा पनि बैठक सञ्चालन नभएपछि सूचना टाँस गरेर उक्त बैठक सोही दिन ४ बजेका लागि बोलाइएको थियो ।

४ बजेको बैठक पनि बस्न नसकेपछि सूचना टाँस गरेर २० गते १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।त्यसबिचमा सरकार र विपक्षी दलहरू बिच भएको पटक पटकको छलफलबाट ठोस निष्कर्ष निस्कन नसकेपछि २० गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर २४ गते बिहान ११ बजेका लागि बोलाइएको थियो । २४ गतेको बैठक पनि चल्न सक्ने अवस्था नदेखिएपछि सभामुख पाठकले सर्वदलीय बैठक बोलाएका हुन् ।

चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गर्दाको समयमा विपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले दबाब बनाइरहेका छन् ।

उनीहरूले सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको हो ।यता सरकार भने प्रतिपक्षसँगको सहमति कार्यान्वयन गर्न सकारात्मक रहेको बताउँदै आएको छ । सरकारले प्रतिपक्षको माग सम्बोधन गर्ने गरी सम्झौता अनुसार एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेको बताउँदै आएको छ । तर, सो सम्झौता कार्यान्वयनमा प्रक्रिया मिलाउनु पर्ने भएकाले पहिलो त्रैमासिक सम्म कुर्न विपक्षी दललाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

लामिछाने: ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Teenagers Embrace AI Through Growing Study-Tour Boom

China’s Robotics Industry Booms as Innovation Takes Center Stage

China Issues Flood Alerts for Southern Provinces as Typhoon Narra Approaches

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

लामिछाने: ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu