ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६१ किलो सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सारमा बुझाएको ‘एयर वे बिल’ नै नक्कली


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   १ : ५४   बजे

काठमाडौं, २५ भदौ । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन भित्र्याइँदा तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाएको ‘एयर वे बिल’ पूर्व विवरण नक्कली रहेको पाइएको छ । तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ भन्सारले पुष्टि गरेको हो ।

हङकङले उक्त जानकारी भन्सार विभागलाई दिएको छ । “तस्करहरूले जुन एयर वे बिल भन्सारमा बुझाएका थिए, बिल र त्यहाँ भएको विवरण नक्कली भएको हङकङ भन्सारले जानकारी दिएको छ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने ।

गएको साउन २ गते अवैध रूपमा ल्याइएको करिब ६१ किलो सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजस्वको टोलीले बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक सुमा राखी तस्करले सुन भित्र्याएका थिए । पछि सुन गाल्दा करिब ६१ किलो निस्किएको थियो ।

उक्त सुनका विषयमा हङकङलाई पत्र लेखी अनुसन्धानमा सघाउन भन्सार विभागले आग्रह गरेको छ । हङकङ भन्सारले पत्रको जवाफ पठाउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।

विभागले ‘लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको रु’ भन्दै हङकङ भन्सारलाई प्रश्न सोधेको थियो । हङकङबाट उक्त सुन नेपाल ल्याइँदा ‘मेनिफेस्टो’मा ‘लिड विथआउट ब्याट्री’ लेखिएको थियो । अरू कागजातमा ‘ब्रेक सु’ लेखिएको थियो ।

अनुसन्धानमा सघाउने वचन दिएको हङकङले विभागसँग ‘एयर वे बिल’ मागेको थियो । हवाईजहाजबाट सामान ल्याउँदा सम्पूर्ण विवरण खुल्ने कागजात नै एयर वे बिल हो ।

एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र त्यसबाट पत्ता लागेको विषय विभागसँग सेयर गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसपछि विभागले एयर वे बिल हङकङ पठाएको थियो ।

हङकङ भन्सारले अनुसन्धानपछि ती सम्पूर्ण कागजात नक्कली भएको जानकारी विभागमा पठाएको महानिर्देशक पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu