ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले महासचिवले बेइजिङमा भने : नेपालको नयाँ नक्सा कार्यान्वयनमा चीनको साथ चाहन्छौँ


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   २ : ०५   बजे

काठमाडौं, २५ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।

महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भएको भेटवार्तामा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको छ।

उक्त भेटका क्रममा महासचिव पोखरेलले १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रुपमा जारी गरेको बताएका थिए। उनले त्यही नक्साका कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको कुरा चिनियाँ नेतासँग बताए।

‘हाामीले जारी गरेको नक्साको सन्दर्भमा हामी त्यहीअनुसार चीनको पनि साथ चाहन्छौँ’, उनले भने, ‘चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौँ। हामी एक चीनको पक्षमा दृढ छौँ। नेपाली भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौँ।’

उनले भेटका क्रममा नेकपा ९एमाले० ले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि बताए।

उनले एमालेले पछिल्लो समय चलाएका अभियानबारे पनि चिनियाँ नेतालाई बताएका छन्।

‘एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियानसम्पन्न गरेका छौँ। यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ’, उनले भने, ‘फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौँ। २०८४ को आमनिर्वाचनमार्फत हामी बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्यसहित क्रियाशिल छौँ।’

पोखरेले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सहमति र सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको पनि बताए।

के भने चिनियाँ नेतालेरु
भेटका क्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा एमाले र महासविच पोखेरेललार्ई धन्यवाद दिए।

एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं ।

उनले भेटका क्रममा चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको उल्लेख गरे।

‘हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरु र तपार्इंहरुको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौँ’, उनले भने, ‘ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ।’

उनले नेपालसँग चीनको सम्बन्ध घनिष्ठ रहेके बताए। ‘नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ। नेपाल चीनको राम्रो मित्रशक्ति हो’, उनले अगाडि भने, ‘राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ।’

भेटका क्रममा उनले दुई पार्टीका उच्चस्तरीय नेताहरुको भ्रमणलाई अझ बढाउनु पर्नेमा जोड दिए।

‘चीन सधैंभरी शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ’, उनले भने, ‘भपिष्यमा पनि तपाईंहरुले यसतर्फ चाल्ने पाइलामा सधैँ साथ र सहयोग रहनेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu