ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी नामकरण विवाद : प्रधानमन्त्री सहभागी सभाको ब्यानरमा प्रदेशको नाम नै छैन


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   २ : १२   बजे

काठमाडौं, २५ भदौ । समाजवादी मोर्चाले आज कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख भएन ।

प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख गरिएको छ । तत्कालीन प्रदेश नं १ प्रदेससभाबाट फागुन १७ गते प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रले समेत पक्षमा मतदान गरेको थियो । तर, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी० पहिचानको मागसहित विपक्षमा थिए ।

मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका नेताहरुले ब्यानरमा कोसी लेख्ने वा नलेख्ने विषयमा मतान्तर भएपछि प्रदेश समिति मात्र लेखिएको आयोजकले जनाएका छन् । मोर्चाका प्रचार सामग्रीमा कोसी प्रदेश लेखिएको छैन ।

एकीकृत समाजवादीका नेता महेश रेग्मीले नामको विषयमा दलहरुबीच अहिले पनि फरक धारणा भएकोले उल्लेख नगरिएको बताए । मोर्चाले काठमाडौंबाट सन्देशसभा सुरु गरेको हो । विराटनगरपछि धनगढीमा कार्यक्रम हुने मोर्चाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu