ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फाका अध्यक्ष र महासचिवलाई हटाउन ४९ सदस्यले दिए निवेदन


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ४ : ३१   बजे

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ एन्फा का ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको मागसहित विशेष साधारण सभा बोलाउन माग गरेका छन्।

सोमबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएर अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गरेका हुन्। क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदन बुझाएका हुन्।

उनीहरुले बुझाएको निवेदनमा लेखिएको छ,‘वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन उद्दत रहेको र सम्बन्धित व्यक्तीहरुलाई सो पदमा निरन्तरता दिँदा नेपाल फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने हाम्रो ठहर हो।’

विधानको धारा ३६ ९ ९३० बमोजिम एन्फा कार्यसमितिले यो निवेदन प्राप्त भएको मितिले ३० दिनभित्र अनिवार्य रुपमा विशेष साधारण सभाको बैठक आह्वान गर्नुपर्ने कानुनी दायित्व रहेको समेत जानकारी गराएको छ।

विधान अनुसार संघले ३० दिनभित्र संघको विशेष साधारण सभा बनोलाएमा अन्य सदस्य संस्थाले नै संयुक्त रुपमा ३० दिनको सूचना जारी गरि साधारण सभा बोलाउन पाउने प्रावधान छ।

४९ सदस्यले बुझाएको निवेदनमा विविध १९ विषय उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu