ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको दाबी : कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउन खोजिँदैछ


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ५ : ०८   बजे

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको दाबी गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बिराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रिया वादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको दाबी गरे।

विवाद र मुठभेटबाटभन्दा सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने उनले बताए। यसका लागि सबै दल मिलेर वार्ता गर्नुपर्ने जिकिर उनले गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड उपस्थित समाजवादी मोर्चाको ब्यानरमै लेखिएन ‘कोशी प्रदेश’ प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले एक्सन थालेपछि चालबाजी भइरहेको पनि बताएका छन्।

धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको उनले बताए।

सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए।

‘म सरकारमा जति दिन टिके पनि भ्रष्टचारविरुद्ध काम गरिरहन्छु’, उनले सन्देश सभामा भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group