ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालसखा नेम्वाङबारे झलनाथ भन्छन्– एउटा असल नेता र मित्र हुनुहुन्थ्यो


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   २ : ५४   बजे

काठमाडौं, २६ भदौ ।  नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनमा देशले असल नेता र आफूले असल मित्र गुमाएको बताएका छन् । नेम्वाङका बालसखासमेत रहेका खनालले आफूले संगत गरेका व्यक्तिमा नेम्वाङ असल र इमान्दार मित्र भएको बताए ।

यसरी सम्झिए झलनाथले नेम्वाङलाई

सुवास नेम्वाङ बाल्यकालदेखिको सहपाठी साथी हो । उहाँ मेरो बडो आत्मीय र घनिष्ठ साथी पनि हो । मैले अनुभव गरेका साथीहरुमा उहाँ इमान्दार साथी पनि हो । हामीले बाल्यकालको शिक्षादेखि यो ठाउँसम्म आउँदा एउटा लामो यात्रा पार गरेर आएका छौँ ।

आज उहाँको दुःखद् निधन भएको छ । यो असामयिक निधन पनि हो । यो निधनमा सबैभन्दा पहिले तपाईँको माध्यममार्फत पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

सुवास नेम्वाङ एउटा मृदुभाषी मिलनसार, इमान्दार र मेरो एउटा सहपाठी पनि हो, सहयोद्धा र कमरेड पनि हो । उहाँ यो देशको संविधानसभाको अध्यक्ष पनि हो । म सुवास नेम्वाङलाई धेरै निकटबाट जान्दछु । उहाँको निधनले देशलाई ठूलो क्षति भएको छ ।

हामी त्रिचन्द्र कलेजमा त्यही २४र२५ सालतिर आईएस्सी सँगै पढेका हौँ । म त्यतिबेला बीचमै अनेरास्ववियुको नेता कार्यकर्ताको रुपमा क्रियाशील थिएँ । उहाँ अलि राजनीतिमा लागिसक्नु भएको थिएन ।

पछि आईएस्सी पढाइ सकेर पूर्ण रुपले राजनीतिमा लागिसकेपछि म जब २६ सालमा इलाममा पुगेँ, तब हामीले इलाम जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी गठन गरेर कम्युष्टि आन्दोलनलाई अघि बढाउन थाल्यौँ ।

त्यो क्रममा उहाँ महेन्द्ररत्न क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो बीए । त्यहाँ पढिरहेको अवस्थामा हामीले विद्यार्थीहरुसँग काम गर्ने सिलसिलामा मैले उहाँलाई राजनीतितर्फ तानेँ । २०२८र२९ सालबाट उहाँ प्रगतिशील राजनीतितर्फ आउनुभयो । त्यसबेलादेखि उहाँ हाम्रो प्रगतिशील धारमा नै निरन्तर लागिरहनुभयो ।

०३२ सालमा हामीले कोअर्डिनेसन केन्द्र बनायौँ, त्यसको राजनीतिलाई उहाँले समर्थन जनाउनुभयो । हामीले नेकपा माले बनायौँ, त्यसलाई पनि उहाँले समर्थन जनाउनुभयो । त्यही धारबाट उहाँ अघि बढ्दै आउनुभयो ।

नेकपा एमाले निर्माण भएपछि उहाँ सँगसँगै नै अघि बढ्नुभयो । ०४६ सालपछि उहाँ सांसद बन्नुभयो । म पनि सांसद भए । उहाँलाई पहिले हामीले राष्ट्रियसभामा पठायौँ । त्यसपछि मैले इलामै जानुप¥यो भनेर प्रस्ताव गरेँ, उहाँले स्वीकार गर्नुभयो । हाम्रो इलाम जिल्ला कुनै बेला दुइटा, कुनै बेला तीनवटा निर्वाचन क्षेत्र भयो ।

दुई निर्वाचन क्षेत्र हुँदा म एकबाट र उहाँ दुईबाट सांसद बन्दै आउने प्रक्रिया रह्यो । त्यही सिलसिलामा ०६२ माघ १९ देखि बडो ठूलो आन्दोलन भयो, ०६२र६३ को क्रान्ति भयो । त्यसपछि हामीले संविधानसभाको निर्वाचन गर्यौँ । संविधानसभाको निर्वाचनमा हामी सँगै एक नम्बर र दुई नम्बरबाट सभासद भयौँ । त्यस सिलसिलामा उहाँ संविधानसभाको अध्यक्ष हुनुभयो ।

संयोगले त्यही बेला म मुलुकको ३४औँ प्रधानमन्त्री भएँ । यसरी हामी सँगसँगै सँगसँगै राजनीतिक यात्रा तय गर्दै अगाडि बढेर आयौँ । पछि गएर नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीचमा एकता भएर नेकपा बन्यो । त्यसमा पनि हामी सँगै पार्टी लिडरसिपमा बसेर क्रियाशील थियौँ । अहिले भने पार्टीमा भएको विद्रोह र विभाजनपछि हामी अलग अलग पार्टीमा रहँदा पनि हाम्रोबीचमा सम्बन्ध सम्पर्क निरन्तर थियो ।

हामी इलामको बारेमा, देशको बारेमा, कम्युनिष्ट आन्दोलनका बारेमा, देशमा संवाद र एकताको बारेमा हामी एक आपसमा विचारहरु आदानप्रदान गरिनै रहन्थ्यौँ । उहाँ पार्टीको विभाजनमा बडा दुःखी हुनुहुथ्यो ।

कम्युनिष्टहरुलाई अलिक निकट ल्याउने उपाय र तरिका के हुनसक्छन् खोजी गरौँ न भन्ने कुरामा उहाँ लागिरहनुभएको थियो । यही सिलसिला चरिरहेका बेला उहाँको बडो दुःखद् निधन भयो । उहाँको निधनले नेपालले एउटा राम्रो नेतालाई गुमाएको छ ।

हाम्रो आन्तरिक सहयात्रा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । उहाँले दिएका योगदानलाई सम्झनुपर्दा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको समाजवादी आन्दोलनलाई अघि बढाउने सिलसिलामा र देशको ऐन कानुन निर्माण गर्ने सिलसिलामा उहाँले महत्वपूर्ण योगदान पु¥याएर जानुभएको छ ।

उहाँका योगदानमध्ये सबभन्दा चहकिलो योगदान संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा संविधानसभाको अध्यक्षको हैसियतले जुनखालको भूमिका निर्वाह गर्नुभएको छ, त्यो धेरै महत्वपूर्ण र दूरगामी महत्वको भूमिका हो । त्यसका लागि सुवास नेम्वाङलाई हामी सबैले सम्झनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group