ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहलाई शैक्षिक संस्थादेखि परीक्षा सञ्चालनसम्मका अधिकार, शिक्षा विधेयक :


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   २ : ५०   बजे

काठमाडौं, २७ भदौ । सरकारले शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नेगरी शिक्षा ऐनसम्बन्धी विधेयक संसद्‌मा दर्ता गरेको छ ।

बुधबार संसद् सचिवालयमा दर्ता भएको विधेयकलाई ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ भनिएको छ ।

सरकारले संसद्‌मा दर्ता गरेको विधेयकमा अहिले सञ्चालनमा रहेका सामुदायिक विद्यालयलाई स्थानीय तहअन्तर्गत सञ्चालन हुने व्यवस्था गरेको छ । यसबाहेक नयाँ सामुदायिक विद्यालय सञ्चालनका लागि, सार्वजनिक शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालनका लागि पनि स्थानीय तहबाटै स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

कम्पनीमा दर्ता भएर सञ्चालिन हुने निजी विद्यालयले पनि शिक्षकहरूको तलब, सुविधा तथा सेवा सर्तसम्बन्धी विधान वा विनियमावली स्थानीय तहबाटै स्वीकृत गरेर लागु गर्नुपर्ने प्रावधान विधेयकमा छ ।

विधेयकमा गरिएको प्रस्तावअनुसार माध्यमिक तहका परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने छन् भने आधारभुत तहका परीक्षा स्थानीय तहले नै सञ्चालन गर्ने छन् ।

“माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुनेछ,” विधेयकको दफा २८  १ मा भनिएको छ ।

आधारभुत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ५ को परीक्षाको ऐच्छिक विषय स्थानीय तहले र मुल विषय शिक्षा कार्यालयले प्रश्नपत्र बनाउने प्रावधान विधेयकमा छ ।

विधेयकको दफा २८ २मा भनिएको छ, “आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्नपत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही निर्माण गर्नेछ ।”

बोर्डको गठनः १ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्न तथा परीक्षाको विषयमा राष्ट्रिय नीति तथा मापदण्ड निर्धारण र गुणस्तर नियन्त्रणको विषयमा परामर्श दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड रहनेछ ।

माध्यमिक तहको परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu