ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीभी भर्ने शिक्षकको जागिर जाने, भविष्यमा सरकारी सेवामा अयोग्य हुने


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   ४ : ५१   बजे

काठमाडौं, २७ भदौ । सरकारले संसद्‌मा दर्ता गरेको शिक्षा ऐनले शिक्षकको अनुशासनमा कडा व्यवस्था प्रस्ताव गरिएको छ । ऐनमा विदेशी मुलुकको आवासीय अनुमतिको निवेदन दिएको प्रमाणित भएमा शिक्षकको जागिर जाने व्यवस्था गरिएको छ । त्यतिमात्र नभएर भविष्यमा सरकारी सेवाका लागि नै अयोग्य हुने प्रावधान ऐनमा छ ।

ऐनको दफा ८८ मा शिक्षकहरूलाई पदबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । उक्त दफाको उपदफा १ मा पदबाट हटाउने ११ वटा प्रावधान समेटिएको छ । उपदफा २ मा भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्ने तीनवटा बुँदा समेटिएका छन् । भविष्यमा सरकारी सेवाकै लागि अयोग्य ठहर्नेमध्येको एउटा पवधान हो– विदेशी मुलुकको आवासीय अनुमति लिएको वा लिनका लागि आवेदन दिएको अवस्था ।

अमेरिकाका लागि डाइभर्सिटी भिसा डीभी भर्ने, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्डसहित अन्य देशमा स्थायी बसोबास अनुमति पीआरका लागि दर्खास्त दिनेसहितका गतिविधि गरे शिक्षकलाई भविष्यका लागि सरकारी सेवाकै लागि अयोग्य हुने गरी बर्खास्त गर्ने व्यवस्था प्रस्तावित ऐनमा छ ।

यस्तै, कडा प्रावधान नागरिकता उमेर वा योग्यता ढाँट्नेका लागि पनि राखिएको छ । उपदफा २ ग का अनुसार शिक्षक सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमाु पदबाट हटाउने वा बर्खास्त गरिने छ ।

त्यसबाहेक भ्रष्टाचार, जालसाजी, ठगी, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, चोरी, आगजनी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिने शिक्षक भविष्ययमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तीमा पर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu