ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाडमा जानुअघि रोहितको टिप्पणी : कति पटक भनौँ, सरकारको पुरस्कार हात लागेको छैन


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   १ : ०९   बजे

काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।

एसियाडमा सहभागी हुन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार अझै हात नलागेको बताए।

अझै पनि आफूहरु आउँछ भन्नेमा आशावादी रहेको उनले बताए। एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनले बताए।

पौडेलले एसियन खेलकुदलाई लिएर सबैजना उत्साहित रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने उल्लेख गरे।

उनले कुनै पनि टोलीलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए। उनले यस गेमले टी २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताए।

‘तयारी अहिले राम्रो भइरहेको छ। अन्तिम १५ दिन यता हामी अभ्यासमा नै व्यस्त छौँ। एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ। हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो। त्यसका लागि जस्तो टिम भए पनि प्रोसेस हामीले फलो गर्नुपर्छ। टी २० मा जे पनि हुनसक्छ’, उनले भने, ‘त्यसमा सबैजना जानकार हुनुहुन्छ। टी २० क्वालिफायर भन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ। हामी टी २० का लागि तयार छौँ।’

उनले घाइते ललित राजवंशीलाई आफूहरुले मिस गरिरहेको बताए। ‘ललितलाई हामीले गेममा मिस गर्नेछौँ। वान डेमा पनि उहाँको ठूलो योगदान थियो। टी २० मा डेथ ओभर एकदमै महत्वपूर्ण हुन्छ’, उनले भने, ‘जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ। त्यसका लागि हामी मेहनत गरिरहेका छौँ।’

सरकारले घोषणा गरेको रकम आफूले पटक पटक हात नलागेको बताइसकेको उनले स्पष्टीकरण दिए। अझै पनि आफूहरु आउनेमा आशावादी रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu