ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पक्राउ परेनन् मुख्य आरोपी विकास लामा, चेक दिनेमाथि अनुसन्धान गर्दै भन्सार कार्यालय


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   १२ : ५६   बजे

काठमाडौं, ८ असोज । करिब एक किलो सुन तस्करी घटनाका फरार आरोपी काभ्रेका विकास लामाको कारमा भेटिएको चेकबारे अनुसन्धान सुरु भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं तस्करी भएको ९६० ग्राम सुन प्रकरणको अनुसन्धान थालेको हो ।

काठमाडौं प्रहरीको विशेष टोलीले २५ भदौमा सुनसहित काभ्रे खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको थियो । त्रिभुवन विमानस्थल जाँचपास गरेर बाहिरिएका दोङको शरीर जाँच गरेको प्रहरीले सुन भेटेपछि पक्राउ गरेको थियो । दोङले ल्याएको सुन काभ्रेको महाभारत गाउँपालिकाकै विकास योञ्जन लामाको भएको खुलेको छ ।

सो प्रकरणमा जोडिएका अन्य दुईजना आरोपी काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका–३ का ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तानलाई समेत प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाएको थियो ।

तर, आरोपी विकास लामा भने अझै फरार छन् । आफूलाई पक्राउ गर्न प्रहरी पुगेको चाल पाएपछि विकास लामा काठमाडौंको डल्लूबाट कार नै छाडेर भागेका थिए । प्रहरीले उनको कार भने नियन्त्रणमा राखेको छ ।

उनको कारणमा करोडौँ रुपैयाँको चेक फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलको भनाइ छ । प्रहरीले बरामद गरेको सुन र विकासको कारमा भेटिएको चेक भन्सार कार्यालय बुझाएको छ ।

भन्सार कार्यालयले प्रहरीले बरामद गरी बुझाएको चेकबारे अनुसन्धान भइरहेको जनाएको छ । भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले विकासको कारमा भेटिएको चेकबारे अनुसन्धान भइरहेको बताए ।

“बरामद चेकबारे हामीले अनुसन्धान थालेका छौँ । केका आधारमा विकाससँग लाखौँको कारोबार भयो रु चेक दिनेमाथि हामी सोधपुछ र बयान लिन्छौँ । आवश्यक परे पक्राउ पुर्जीको लागि प्रक्रिया अगाडि बढाउँछौ,” प्रवक्ता खनालले भने ।

भन्सार कार्यालयले अनुसन्धान अधिकृत नारायण गौतमलाई जिम्मा दिएर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार सुनका मालिक भनिएका विकास लामाको बरामद भएको वाग्मती प्रदेश ०१२७ च ९९६० नम्बरको क्रेटा गाडीमा काभ्रे क्षेत्र नम्बर–१ ‘ख’का प्रदेशसभा सदस्य तथा वाग्मती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले दिएको ६ लाख रुपैयाँको चेक समेत भेटिएको दाबी गरेको छ ।

जसकारण मन्त्री लामासमेत विवादमा परेका छन् । तर, लामाले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । परिसरका एसपी ढुंगेलले उक्त सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीलेसमेत आफ्नो तरिकाले गरिरहेको बताए ।

“यो सुन तस्करीको अनुसन्धान प्रहरीले गर्नुपर्ने देखिन्छ । हामीले आफ्नो तरिकाले पनि अनुसन्धान जारी राखेका छौँ । भन्सारले पनि अनुसन्धान गर्न फाइल हामीलाई पठाउने भनेको छ,” एसपी ढुंगेलले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन तस्करीका लागि विकासले काभ्रेबाट १५ देखि २० युवालाई नियमित दुबई पठाउने र फर्कँदा सुनको भरिया बनाउने गरेको तथ्य फेला पारेको छ ।

विकास लामा समूहले काभ्रेकै नवीन दोङलाई दुबईमा सुन पठाउने धन्दामा प्रयोग गर्ने गरेको दाबी गरेको छ । दोङले सुनको लेदो बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका थिए ।

विकास करिब दुई वर्षदेखि सुन तस्करीमा सक्रिय रहेको आशंका गरिएको छ । उनी काभ्रे कांग्रेसको राजनीतिमा समेत सक्रिय छन् । विभिन्न आपराधिक गतिविधिमा सक्रिय उनी यसअघि मोटरसाइकल चोरी अभियोगमा जेलसमेत परेका थिए ।

०७९ मा भएको निर्वाचनमा विकास नेपाली कांग्रेसमार्फत काभ्रे क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभा सदस्यका लागि समानुपातिकमा सिफारिसमा परेका थिए । त्यसबेला उनी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘क’ क्षेत्रकै प्रचारप्रसार समिति संयोजक समेत थिए । पछिल्लो दुई वर्षमा विकासले अस्वाभाविक रुपमा सम्पत्ति जोडेको प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group