ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस केन्द्रीय सदस्यको प्रस्ताव : दुई महिनामा केन्द्रीय समिति व्यावहारिक भएन, विधान सच्याऔँ


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   १ : ४३   बजे

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले नै दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने विधानको व्यवस्था अव्यावहारिक भएको भन्दै विधान सच्याउन माग गरेका छन् ।

केन्द्रीय समितिको बैठक एक वर्षमा गत साउनमा बसेर पुनः दुई महिनामा पहिलोपटक बसेकोमा केन्द्रीय सदस्यहरूले नियमित बैठकको सान्दर्भिकतामा प्रश्न उठाएका हुन् ।

“सभापतिज्यू हाम्रो विधानले त दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था गरेको छ । तर, यो व्यवस्था व्यावहारिक छैन,” केन्द्रीय सदस्य डा। नारायण खड्काले भने, “काठमाडौं बस्नेहरूका लागि त ठिकै हो । काठमाडौं बाहिर बस्नेहरूका लागि हवाई टिकटसहितको खर्चका हिसाबले यो व्यावहारिक छैन । विधानको व्यवस्था संशोधन गरी वर्षमा तीन वा चारवटा मात्र बैठक बस्ने व्यवस्था गर्न जरुरी छ ।

बैठकमा अर्का केन्द्रीय सदस्य रमेश रिजालले पनि दुई–दुई महिनामा बैठक बस्ने कुरा व्यावहारिक नभएको बताए । बैठकका लागि एजेण्डासमेत नराखी बैठक बस्नुपरेको भन्दै बिना एजेण्डाका बैठकको अर्थ नहुने उनको भनाइ थियो ।

“सभापतिज्यू यो दुई–दुई महिनामा बैठक बस्ने कुरा व्यावहारिक भएन । बिना एजेण्डामा बस्ने बैठक र यसमा हुने छलफलको अर्थ हुँदैन,” रिजालले भने, “अब विधान नै संशोधन गर्नुपर्छ भनेपनि गरौँ । आवश्यक परे जहिले पनि केन्द्रीय समिति बैठक बस्न सकिन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group