ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसके : अर्जुननरसिंह केसी


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   ४ : ०८   बजे

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसकेको बताएका हुन्।

उनले कांग्रेसका नेताहरु पार्टी कब्जाको दौडमा निस्किरहँदा जनता भने अन्य कसैले पकडमा लिइरहेको बताएका छन्।

‘हामी अहिले आ(आफ्नो ढंगले पार्टी कब्जाको दौडमा छौँ। सभापतिजीले पनि गरिराख्नुभएको होला, हामी पनि गरिराखेका छौँ’, उनले भने, ‘हामी सबै पार्टी कब्जा गर्न खोजिरहेका छौँ, जनता अर्कैले कब्जा गरिसकेका छन्।’

केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनता ठूला दलबाट आक्रोशित मात्रै नभएर विकल्प खोज्न लागिसकेको सुनाए। यदि जनताले विकल्प खोज्न थालेको कुरालाई आत्मसाथ नगरे आगामी निर्वाचनमा ठूलै संकट आउने उनले बताए।

केसीले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन आउनुलाई गम्भीर भने।

‘सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन मिलिरहेको छ’, उनले भने, ‘समाजको मनोविज्ञान अराजकतातर्फ धकेलिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group