ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता कमजोर पार्नुहुन्न; ओली, देउवा र प्रचण्डलाई म सम्झाउँछु : राष्ट्रपति पौडेल


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   ४ : १२   बजे

काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयतालाई कमजोर नपारी झन् अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड राम्ररी नभएको पनि बताए ।

‘संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड गरेर मिलाउनुपर्छ,’ जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले भने,‘तीनै तहको अधिकार मिलेको छैन । यसलाई कसरी मिलाउन सकिन्छ, त्यसमा राजनीति दलहरू गम्भीर हुनुपर्छ ।’ उनले संघीयतालाई मजबुत र संस्थागत गर्न दलहरूबीच छलफलको आवश्यकता रहेको समेत बताए ।

‘संघीयता नियन्त्रित छ । अलिअलि अड्कलेर अधिकार दिइएको छ,’ राष्ट्रपति पौडेलले भने,‘दिल खोलेर अधिकार दिनुपर्छ । कञ्जुँस्याइँ नगर्नुस् । तपाईं आँट गर्नुभयो भने देशमा संघीयता अगाडि बढ्छ भनेर ओली, देउवा र प्रचण्डजीलाई बोलाएर राम्रोसँग भन्छु ।’ उनले देशलाई मिलाएर जानुपर्ने र सबैलाई समान अधिकार दिनुको विकल्प नरहेको समेत बताए ।

जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित विशेष समारोहमा उपमहानगरपालिकाका प्रमुख मनोज साहले राष्ट्रपति पौडेललाई दोसल्ला ओढाएर नागरिक अभिनन्दन गरे । राष्ट्रपति पौडेलले जनकपुरमा गरिएको नागरिक अभिनन्दनलाई जानकीको प्रसाद भनेर संज्ञा दिए । अभिनन्दनपछि बोल्दै उनले जनकपुर आएर आफूले जानकीको प्रसाद, प्रताप र आर्शिवाद पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group