ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   ५ : ३२   बजे

काठमाडौं, ८ असोज । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सबै शिक्षक संगठनहरुलाई बोलाएका छन्।

यही असोज ५ गते सरकारसँग सहमति गरेका शिक्षक महासंघ र असन्तुष्ट रहँदै आन्दोलनरत राहत शिक्षक केन्द्रीय समितिसहितलाई देउवाले मंगलबार सिंहदरबारमा बोलाएका हुन्।

राहत शिक्षक केन्द्रीय समितिका एकजना पदाधिकारीका अनुसार जारी आन्दोलनबारेमा छलफलका लागि मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको हो।

राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेपछि देउवाले उनीहरुका माग र समाधानका उपायहरुबारे बृहत् छलफलको तयारी गरेका हुन्।

उक्त छलफलका लागि संघीय संसद्‍को शिक्षा तथा प्रविधि समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुलाई पनि झिकाइएको छ।

सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएका थिए। यसअघि शिक्षक महासंघसँग केही सहमति भए पनि राहत शिक्षक, ईसीडी र विद्यालय कर्मचारीहरु अहिले पनि आन्दोलित छन्।

आन्दोलन मत्थर नभएको अवस्थामा सरकारसँग सहमति गरेका र असहमत सबै संगठनसँग छलफल गरेर निचोडमा पुग्ने तयारी गरेको एकजना नेताले बताएका छन्। उक्त छलफलमा कांग्रेस पदाधिकारी र संसदीय दलका सचेतक रमेश लेखकसहित पनि सहभागी हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group