ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँगको सहमतिमा किन असन्तुष्ट छन् राहत शिक्षक ?


एबीसी न्यूज
९ आश्विन २०८०, मंगलबार   ४ : ४६   बजे

काठमाडौं, ९ असोज । सामुदायिक विद्यालयका राहत कोटासहित १० घटकका शिक्षक यतिखेर सडक आन्दोलनमा छन् । राहत, करार, बाल विकासलगायतका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

सोमबार सडकमै सुतेर विरोध प्रदर्शन गरेका उनीहरूले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकाले ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकले आफ्ना अधिकारलाई नसमेटेको भन्दै यसअघि सामुदायिक विद्यालयका सबै शिक्षक विरोधमा थिए ।आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ र सरकारबीच असोज ५ गते ६ बुँदे सहमति भएपछि महासंघले आन्दोलन फिर्ता लियो ।

तर, तिनै ६ बुँदाप्रति १० घटकका शिक्षक सन्तुष्ट छैनन् । त्यसैकारण उनीहरूले काठमाडौंमा आन्दोलन चर्काइरहेका छन् । माग सम्बोधन नभएसम्म जिल्ला नफर्किने अडानमा छन् ।

आन्दोलनरत शिक्षकको माग के हो ?

राहत कोटाका शिक्षकले २०७३ सालअघि नियुक्त भएकाको हकमा शतप्रतिशत स्थायी हुनुपर्ने माग राखेका थिए । सोही मागसहित राहत शिक्षकका प्रतिनिधि वार्ताको टेबलमा पुगेका थिए । तर, शिक्षक महासंघको चलखेलमा यो दर ७५ प्रतिशत मात्रै कायम गरिएको राहत शिक्षकको आरोप छ । वार्ताबाट ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भएको छ  ।

राहतका शिक्षकको मुख्य असन्तुि नै यही बुँदामा देखिएको छ ।४० हजारको हाराहारीमा रहेका राहत शिक्षकका लागि यो ठूलो अन्याय उनीहरूको तर्क छ । महासंघबाट आफूहरूलाई धोका भएको आन्दोलनरत शिक्षक बताउँछन् ।

माध्यमिक तह, अस्थायी करार र राहतका शिक्षक वर्गीकरण गर्दा ७५ प्रतिशतले मात्रै नसमेट्ने उनीहरूको बुझाइ छ । साथै ०७३ अघिका अस्थायी शिक्षकको तलब स्केल निर्धारण गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघिको शिक्षक शिक्षा ऐन, २०२८ बमोजिम नियुक्त भएका शिक्षक पेन्सन सुविधाबाट वञ्चित हुने विषयमा पनि उनीहरूको आपत्ति छ । सामुदायिक विद्यालयका कर्मचारीको तर्फबाट विगतको सहमतिअनुसार संघीय सरकारले विद्यालयमा कर्मचारीको सिर्जना गरी सबै कर्मचारीलाई स्थायित्वको प्रक्रियामा लैजानुपर्ने माग थियो । तर, यस विषयमा सहमतिपत्रमा कुनै कुरा स्पष्ट पारिएको छैन ।

 

त्यही अस्पष्टताका कारण विद्यालय कर्मचारी पनि यतिखेर राहत शिक्षकलाई आन्दोलनमा साथ दिइरहेका छन् । प्रारम्भिक बाल कक्षाका शिक्षकको हकमा प्राथमिक तृतीयसरहको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लैजानुपर्ने माग उनीहरूको थियो । तर, यसबारे सहमतिपत्रमा स्पष्ट छैन ।

राहत शिक्षकको हकमा ७५ प्रतिशतको व्यवस्था गरिने सहमति पनि ठूलो उपलब्धि भएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुबेदी बताउँछन् ।

यता वार्ताको टेबलमा बसेको नेपाल शिक्षक संघ भने राहत शिक्षकका मागहरूमा सरकारलाई सहमत गराउन नसकिएको स्वीकार गर्छ ।

“राहत कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी राहतमा कार्यरत शिक्षकहरूको शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने सरकार सहमत नभएकै हो । तर, यी मागहरूसहित थप उपलब्धिका लागि नेपाल शिक्षक संघ सदैव कृत संकल्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनरत शिक्षक भने आफ्ना मागहरूमा शिक्षामन्त्रीको तहबाट स्पष्ट सम्बोधन नभएसम्म विद्यालय नफर्किने अडानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu