ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउनयता मात्र ४५० रुपैयाँ महँगियो ग्यास, दसैँको मुखमा चर्को मूल्यवृद्धि :


एबीसी न्यूज
१४ आश्विन २०८०, आइतबार   १२ : ४१   बजे

काठमाडौं, १४ असोज । नेपाल आयल निगमले शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्‍यो। निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ भने डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ। अब पेट्रोलको मूल्य पहिलो वर्ग १८२ रुपैयाँ ५ पैसा, दोस्रो वर्गमा १८४ रुपैयाँ र तेस्रो वर्ग १ सय ८५ प्रतिलिटर पुगेको छ।

निगमले छुट्याएको वर्गअनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल छन्।

खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको छ। उपभोक्ताले डिपोदेखि भान्सासम्म ल्याएको ज्यालासमेत तिर्दा २२ सय नाघ्नेछ।

ग्यासको मूल्यमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो। जुनकुनै इन्धनमा मूल्यवृद्धि हुँदा त्यसको असर चौतर्फी पर्छ। खाना पकाउने ग्यासमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो।

गत साउनयता मात्र खाना पकाउने ग्यास ४ सय ५० रुपैयाँले महँगिएको छ। यो वृद्धि २७ प्रतिशतभन्दा बढी हो।

यसअघि भदौ १४ गते मात्र २ सय ३५ रुपैयाँले ग्यासमा मूल्य बढाइएको थियो । त्यतिन्जेल १ हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर खुद्रा बिक्री हुँदै आएको थियो।  ग्यासमा भएको मूल्यवृद्धिले उपभोक्तामा चर्को असन्तोष देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group